प्रचण्डमाथि भित्री र बाहिरी प्रचण्ड दबाब
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई स्वायत्त गणराज्यहरुको घोषणा गर्नबाट रोक्न बाहृय दबाब जति आइरहेको छ, त्यो भन्दा ठूलो दबाब आन्तरिक विवादले दिइरहेको छ । माओवादीले संविधासनभाको राज्य पुनर्संरचना समितिमा पेश गरेको प्रतिवेदन अनुसार १३ ओटा स्वायत्त गणराज्य र २ उपराज्य सहितका स्वायत्त गणराज्यहरु सडकबाट घोषणा गर्ने तयारी गरेको छ । तर ती गणराज्यको सिमाना छुट्याउने विषयमा माओवादीकै जातीय क्षेत्रिय मोर्चाबीच विवाद उत्पन्न भएपछि अध्यक्ष प्रचण्ड दबाबमा पर्नभएको हो ।
एकातिर संविधानसभाको कार्यक्षेत्रलाई मिचेर माओवादीले शान्ति सम्झौतानै भंग गर्न लागेको आरोप कांग्रेस एमाले लगायतका दलहरुले लगाइरहेका छन् भनें अर्कोतिर गणराज्यको सिमाना छुट्याउन नसकेर अर्को समस्या उत्पन्न भएको प्रचण्ड निकटस्थ स्रोतले जनाएको छ । विशेषतः माओवादीका लिम्बुवान र किरात राज्यको सिमानामा कुरा मिलेको छैन । किरातले लिम्बुवानलाई पनि किरात राज्य अन्तर्गतनै राख्नुपर्ने बतँएको छ भनें लिम्बुवानले भनें लिम्बुवान ऐतिहासिक राज्य भएकाले किरातमा नबस्ने बताएको छ । सिमानाको विषयलाई लिएर पनि अरुण पारी र वारीको विवाद चलिरहेको छ । किरात राज्यका इन्चार्ज गोपाल किरातीले यसअघिनै ओखलढुंगोदेखि संखुवासभासम्मको भागलाई किरात गणराज्य भनेर घोषणा गरिसक्नुभएको छ । त्यस्तै ताम्सालिङ स्वायत्त राज्य र नेवा राज्यको सिमानामा पनि विवाद परेको छ । नेवाले उपत्यका बाहिर काभ्रे, दोलखा लगायतका जिल्लालाई पनि नेवामा राख्नुपर्ने दावी गरेकोले विवाद उत्पन्न भएको माओवादीका ताम्सालिङ राज्य सचिव सचिव हितवहादुर तामाङले बताउनुभयो । त्यस्तै थरुहट र भेरी कर्णाली राज्यको सिमानामा पनि विवाद उत्पन्न भएको छ । सिमा विवाद नमिलेपछि यसको टुंगो लगाउने जिम्मा स्थायी समितिलाई दिइएकेा छ । अध्यक्ष प्रचण्डले विवाद मिलाउन दर्ुइ पक्षिय र बहुपक्षिय छलफल चलाइरहनुभएको छ ।



del.icio.us
Digg



Post your comment