Home | Programs | मधेशीकरण विरुद्ध लेखीको उम्मेदवारी
Newsletter
Email:

मधेशीकरण विरुद्ध लेखीको उम्मेदवारी

Font size: Decrease font Enlarge font
image थारु कल्याणकारिणीसभाका महामन्त्री राजकुमार लेखी

नेपाल आदिवासी जनजाति महासंघको आगामी महाधिवेशनमा थारु कल्याणकारिणी सभाले महामन्त्री राजकुमार लेखीलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । महासंघको महाधिवेशन आगामी पुष २५, २६ र २७ गते काठमाडौंमा हुदैछ । थारु कल्याणकारिणी सभाको केन्द्रिय सचिवालय वैठकले लेखीलाई आदिवासी जनजाती महासंघको अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो । थारु कल्याणकारिणी सभाको सचिवालयले लेखीलाई उम्मेदवार बनाउने निर्णय गर्नुका साथै नेपालको आदिवासी आन्दोलनलाई पहाडी मधेशी ब्राम्हणवादी गठवन्धनबाट खतरा रहेको निष्कर्षपनि निकालेको छ ।

उम्मेदवारी दिने निर्णयपछि लेखीले सचिवालय वैठकमा नेपालको आदिवासी आन्दोलनलाई नयाँ उचाइमा उठाएर अधिकारमुखी बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।  उहाँले पहाडी मधेशी ब्राम्हणवादी गठवन्धनले भावी संविधानबाट समेत आदिवासी समुदायलाई अधिकार नदिने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो ।      उम्मेदवारीको निर्ण्र्ााँगै थारु कल्याणकारिणी सभाले नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनका लागि आफ्नो तर्फाट नाराहरु पनि तय गरेको छ । थारु समुदायका नाराहरु यस प्रकार छन् ।
मधेशीकरण गर्ने अभियान उन्मुलन गरौं
आदिवासी आन्दोलनलाई सशक्त पारौं

पहाडी मधेशी ब्राम्हणवादी गठवन्धनको भण्डाफोर गरौं
सम्पर्ूण्ा आदिवासी जनजाति एकजुट बनौं

तर्राई पहाड हिमाल जोडछौं
ब्राम्हणवादी षडयन्त्र तोडछौं
   
संघीयताले देश टुक्रिदैन
ब्राम्हणवादी षडयन्त्रले देश जोडिदैन
   
    अध्यक्ष पदका उम्मेदवार राजकुमार लेखी २०४५ सालदेखि आदिवासी आन्दोलनमा क्रियाशील हुनुहुन्छ भने राजनीतिमा २०३६ सालदेखि क्रियाशील हुनुहुन्छ ।

Subscribe to comments feed Comments (3 posted):

dicas on 07/08/2011 02:39:59
avatar
Usually I do not write on blogs, but I would like to say that this article really convinced me to do so! Congratulations, very nice post.
Thumbs Up Thumbs Down
0
Jane on 20/09/2011 01:16:01
avatar
Yeah that's what I'm tiaklng about baby--nice work!
Thumbs Up Thumbs Down
0
Joni on 22/09/2011 06:39:35
avatar
If I communicated I could thank you enugoh for this, I'd be lying.
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0