लेबनानमा नेपाली महिलालाई प्रतिबन्ध
नेपाल सरकारले खाडी मुलुक लेबनानमा महिला कामदारलाई जान रोक लगाएको छ । लेबनानमा महिला कामदार असुरक्षित रहेको जनाउँदै बुधवारदेखि रोक लगाइएको श्रम तथा रोजगार प्रबर्द्धन विभागले जनाएको छ । पूर्व स्वीकृती लिएर अन्तिम स्वीकृतिको पर्खाइमा रहेका महिलाले भनें लेबनान जान पाउने बिभागले जनाएको छ । पछिल्लो समयमा लेबनानमा घरमालिकले दिएको यातना सहन नसकेर २ जना नेपाली महिलाले आत्महत्या गरेका थिए । बैदेशिक रोजगार व्यवसायीहरुले कामदारको सुरक्षाका लागि सेफ सेन्टर स्थापना गर्ने भने पनि त्यो प्रतिबद्धता पूरा नगरेकाले महिला कामदारलाई रोक लगाइएको हो । लेबनानमा पुरुष भन्दा बढि महिला नेपाली कामदार कार्यरत छन् ।
सरकारले आठ महिना अघि लेबनानमा कामदार जान खुल्ला गरेको थियो। इजरायलले लेबनानमा आक्रमण गरेपछि कामदारको सुरक्षाका लागि गत डिसेम्बर २८ देखि कामदार जान रोक लगाएको थियो। गत वैशाख २८मा कामदार जान फेरि खुल्ला गरिएको थियो। व्यवसायीले कामदारको सुरक्षाका लागि सेल्टर स्थापना गर्ने निर्णयपछि कामदार खुल्ला गरिएको थियो।
लेबनानमा महिला कामदार बढी कार्यरत छन्। गत वर्ष १ हजार ५ सय २० जना कामदार लेबनान गएका थिए। यो वर्षको नौ महिनामा १ हजार २ सय कामदार लेबनान गएका थिए। खाडी मुलुकमा नेपाली महिला कामदारहरु असुरक्षित भएका समाचार आइरहेका बेला सरकारले यो निर्णय गरेको हो । साउदी अरब, कतार र दुबइमा पनि ठूलो संख्यामा नेपाली महिला कामदारहरु अवैध ढंगले काम गरिरहेका छन् । बेला बेलामा पीडित महिलाहरु दूतावासको शरणमा पुग्ने गरेका छन् ।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Post your comment