कर्णालीबासीलाई नेताहरुको ठेंगा
संविधान लेख्ने जिम्मा पाएका नेताहरुलेनै नयाँ संविधान लेख्न नदिने षडयन्त्र भइरहेको आरोप लगाएका छन् । देशका प्रमुख राजनीतिक दलका शीर्ष तहकै नेताहरुको निराशाजनक कुरा आएपछि नयाँ संविधानले केही देला भन्ने आशा गरेर बसेका कर्णालीबासीहरु भनें निराश बनेका छन् । नयाँ संविधानमा समावेश गर्नुपर्ने कर्णाली क्षेत्रका सवालका बारेमा बोल्न निम्त्याइएका नेताहरुमध्ये कतिपयले स्वायत्त कर्णाली प्रदेशनै अस्वीकार गरिदिए भनें कतिपयले संविधाननै नबन्ने बताइदिए ।
कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले संघीयतामा जानुअघिनै धेरै विषयमा स्पष्ट हुनुपने भन्दै घुमाउरो ढंगले संघीय व्यवस्था कांग्रेसलाई मान्य नभएको संकेत गर्नुभयो । त्यस्तै नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कर्णालीलाई अलग राज्य बनाइरहन आवश्यक नरहेको भन्दै एउटा पार्टीले भन्दैमा त्यहि आधारमा संघहरु नबन्ने बताउनुभयो ।
मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले भनें कर्ण्ाालीबासीको मागलाई र्समर्थन गर्दै २ सय ४० वर्षेखि शासन सत्तामा हाली मुहाली गरेर बसेकाहरु अहिले आत्तिएको दावी गर्नुभयो । कार्यक्रममा माले महासचिव सीपी मैनाल, राप्रपा अध्यक्ष पशुपति शमसेर राणा, राज्यमन्त्री डिल्लीवहादुर महत, माओवादी नेता कालीवहादुर मल्ल लगायतले बोल्नुभएको थियो ।



del.icio.us
Digg



Post your comment