जब प्रधानमन्त्रीलाई चड्कन हान्न मन लाग्छ
अनुहार र बोली व्यवहार हेर्दा प्रधानमन्त्री माधवकुमार नेपाललाई कसैले पनि आक्रमक व्यक्तिका रुपमा लिदैनन् । तर प्रधानमन्त्री आफैंले आफूलाई कति बेला चरम रिस उठेर मान्छेलाई गालामा चड्काउँ जस्तो लाग्छ भन्ने बारेमा खुलासा गर्नुभएको छ । बुधवार अपरान्ह राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री नेपालले महिलामाथि हिंसा गर्ने, बाटोमा हिडिरहेका युवतीहरुलाई जिस्काउने जस्ता व्यक्तिलाई देख्दै चड्कन हान्न मन लाग्ने गरेको बताउनुभयो ।
उहाँले त्यस्ता व्यक्तिलाई पहिले थुन्ने अनिमात्र उनीहरुका कुरा सुन्ने कानुन बनाउन आवश्यक रहेको धारणा समेत व्यक्त गर्नुभयो । महिला हिंसा अन्त्य गर्ने सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले अछाममा महिला प्रहरी बलात्कार घटनामा पनि आफूले यहि सूत्र प्रयोग गरेको खुलासा गर्नुभयो । लामो समयदेखि एमालेको नेतृत्व गर्नुभएका प्रधानमन्त्री नेपालले हरेक पार्टीका महिलालाई दुर्व्यवहार गर्नेहरु नेतृत्वमै रहेको दावी गर्नुभयो । सो कार्यक्रममा महिला सभासद लगायत महिला अधिकारकर्मीहरुले लैंगिक हिंसा अन्त्यका लागि सरकारको सहयोग मागेका थिए ।



del.icio.us
Digg



Post your comment