Home | Programs | गिरिजाबाबुको स्वास्थ्यमा सुधार
Newsletter
Email:

गिरिजाबाबुको स्वास्थ्यमा सुधार

Font size: Decrease font Enlarge font
image सिंगापुरबाट उपचारपछि फर्किने क्रममा कांग्रेस सभापति कोइराला

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजा कोइराला एक साता लामो उपचार पछि आइतबार स्वदेश फर्किनु भएको छ । स्वास प्रस्वासको समस्याबाट पिडित कोइराला एक साता अघि स्वाथ्य उपचारका क्रममा सिंगापुर जानु भएको थियो । स्वदेश फिर्ता हुने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै कोइराला पुत्री एवं उपप्रधानमन्त्री सुजाता कोइरालाले कोइरालाको स्वास्थ्य पूर्ण रुपमा स्वस्थ रहेको बताउदै एक महिनापछि पुनः स्वास्थ्य परिक्षणको लागि सिंगापुर लगिने बताउनुभयो ।

 उहाँले सिंगापुरमा रहदा सभापति कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच कुनै गोप्य सहमति नभएको स्पष्ट पार्नुभयो । उहाँले समसामयिक राजनीतिक विषयमा कुरा भएको र सभापति कोइरालाले पनि राजनीतिक भेटघाटलाई तीव्र पार्ने जानकारी दिनुभयो । सभापति कोइरालाले भने कुनै प्रतिक्रिया दिनु भएन । उहाँको स्वागतको लागि त्रिभुवन विमान स्थलमा नेपाली काँग्रेसका नेताहरु , सरकारमा सहभागि मन्त्री ,केन्द्रीय सदस्यहरु, सभासद तथा कार्यकर्ताहरुको निकै ठूलो भिड लागेको थियो । उपचारका लागि जाँदा हवाइ एम्बुलेन्स चढेर सिंगापुर जानुभएका सभापति कोइराला फर्किदा भनें जेट बिमानबाट आउनुभएको थियो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0