सिंगापुर र हस्तिनापुर होइन कान्तिपुर
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राजनीतिक सहमति सिगापुर र हस्तिनापुरमा नभइ कान्तिपुरमै हुने बताउनुभएको छ । सिंगापुर र हस्तीनापुर दौडेर कुनै उपलव्धी हासिल नहुने कुरा माओवादीले नबुझेको आरोप लगाउदै अध्यक्ष खनालले सबै पार्टी देशभित्रै पलेंटी कसेर वार्ता गरेमात्र निकास निस्कने दावी गर्नुभयो । सुनसरीको इटहरीमा आयोजित जिल्ला अधिवेश उदघाटन गर्न जानेक्रममा बिराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष खनालले जारी गतिरोध छिट्टै अन्त्य हुने जानकारी पनि दिनुभएको छ ।
बढ्दो राजनीतिक गतिरोध अन्त्य गर्न विदेशको मुक ताक्ने परम्परा त्याग्नुपर्ने एमाले अध्यक्ष झलनाथ खनालले बताउनुभयो ।
हालैमात्र कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालवीच सिंगापुरमा भएको वार्ताप्रति इंगित गर्दै खनालले भन्नुभयो
राजनीतिक दलहरु सहमतिको नजिक पुगिसकेको भन्दै अध्यक्ष खनालले सरकार परिवर्तन गर्ने माओवादी मुद्दामा पनि बसेर छलफल गर्न सकिने बताउनुभएको छ । उहाँले छलफलमा बसेपछि सबै मुद्दाहरुको किनारा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
माओवादी सहमतिमा आउनुकोविकल्प नभएको खनालले स्पष्ट पार्नुभयो ।
‘



del.icio.us
Digg



Post your comment