पूर्व राजाले पाए रातो पासपोर्ट
पूर्व राजा ज्ञानेन्द्र शाहले गद्धीच्युत भएको करीव डेढ वर्षपछि कुटनीतिक राहदानी अर्थात रातोपासपोर्ट पाउनुभएको छ । परराष्ट्र मन्त्रालयले मन्त्रालयस्तरीय निर्णय गरी पूर्व राजा ज्ञानेन्द्र शाहका नाममा मंगलबार रातो पासपोर्ट जारी गरेको हो । पूर्व राजाको हैसियतमा उहाँलाई विदेश आवत जावत गर्न रातो पासपोर्ट उपलव्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । पूर्व राष्ट्र प्रमुखलाई रातो पासपोर्ट दिइनु सामान्य भएको भन्दै परराष्ट्रले यसमा शंका गरिरहन नपर्ने जनाएको छ ।
उहाँ विरुद्ध कुनै मुद्धा नपरेको र हाल सामान्य जीवन बिताइरहेकाले पनि कुटनीतिक राहदानी दिइएको हो । पूर्व राजाले कुटनीतिक राहदानी पाउनका लागि आफ्ना पूर्व मुख्य सचिव पशुपतिभक्त महर्जनमार्फत प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयमा निवेदन दिनुभएको थियो । राजाबाट हटेपछि उहाँ एक पटक भारत गए बाहेक हालसम्म कुनै पनि देशको भ्रमणमा जानुभएको छैन । स्रोतका अनुसार पूर्व राजा ज्ञानेन्द्र चाँडैनै विदेश जाने तयारीमा हुनुहुन्छ ।



del.icio.us
Digg



Post your comment