रंगीला मन्त्रीबाट पर्साका सिडिओ कुटिए
कुनै न कुनै घटना गराएर चर्चामा आइरने मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी नेतृ एबं कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगम सिडिओ कुटेर फेरि चर्चामा आएकी छिन् । राज्यमन्त्री बेगमले मंगलवार पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात र दुर्व्यवहार गरेकी छिन् । काठमाडौंबाट गृह जिल्ला पर्सा पुगेकी बेगमले आफूलाई सिडिओले पूरानो गाडी दिएको भन्दै कुटपीट गरेकी हुन् ।
सिडिओ कुटिएपछि जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । आफूलाई पूरानो गाडी दिएर अपमानित गरेको भन्दै अपरान्ह साँढे एक बजेतिर सिडिओ कार्यालयमा पसेर कार्यकक्षमा काम गरिरहेका प्रजिअ भण्डारीलाई राज्यन्त्री बेगमले ५ चड्कन हानेको वीरगन्जका पत्रकार राजु श्रेष्ठले नेपाली टिभीलाई बताएका छन् । कर्मचारीहरु काम छाडेर राज्यमन्त्री करिमा बेगम विरुद्ध आन्दोलनमा उत्रिएपछि जिल्ला प्रशासनको काम ठप्प भएको छ । यसैबीच मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले सो घटनाको छानबीन गरिने बताउनुभएको छ । मन्त्री बन्न नपाए पार्टी अध्यक्ष बिजयकुमार गच्छदारको घरमा पासो लगाएर मर्ने धम्की दिएर पछिल्लो पटक चर्चामा आएकी बेगमलाई वीरगन्जमा रंगीला नेतृ भनेर चिन्ने गरिन्छ ।



del.icio.us
Digg



Post your comment