Home | Programs | माओवादीद्धारा आन्दोलनको समिक्षा
Newsletter
Email:

माओवादीद्धारा आन्दोलनको समिक्षा

Font size: Decrease font Enlarge font
image काभ्रे र भक्तपूरको सिमा नाका साँगामा तैनाथ वाइसिएल कार्यकर्ता

एकीकृत नेकपा माओवादीले दोस्रो चरणको आन्दोलन सफल भएको निष्कर्षनिकालेको छ । माओवादीका केन्द्रीय पदाधिकारीहरुको मंगलवार बसेको बैठकले आन्दोलनमा जनताको र्समर्थन पाइएको ठहर गरेको हो । बैठकले माओवादी आन्दोलनलाई सरकारले उपेक्षा गरेको निष्कर्षनिकालेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँले सरकारले माओवादीको संयमतालाई कमजोरी ठानेमा अब हुने आन्दोलनले भीषण आँधी सिर्जना गर्ने चेतावनी दिनुभयो ।

उपत्यका नाकाबन्दी भव्य रुपमा सफल भएको र जनताको पूर्ण समर्थ मिलेको ठहर पनि माओवादीले गरेको छ । उहाँले कात्तिक २६ र २७ गतेको सिंहदरवार घेराउमा तीन लाख जनता उतार्ने निर्णय भएको जानकारी समेत दिनुभयो । उता एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एबं राष्ट्रिय जनआन्दोलन नेपालका संयोजक डाक्टर बाबुराम भट्टर्राईले संविधानसभा विघटन गरि राष्ट्रपति शासन लगाउने षडयन्त्र भइरहेको दावी गर्नुभएको छ । माओवादी सम्बद्ध अनेरास्ववियु क्रान्तिकारीद्धारा मंगलवार किर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष भट्टर्राईले अहिले कांग्रेस एमाले लगायतका दलहरु राट्रपति शासन लागु गर्ने षडयन्त्रमा सामेल भएको आरोप लगाउनुभयो । उहाँले यदि संविधानसभा विघटन वा राष्ट्रपति शासनको प्रयास भएमा माओवादी पुनः जनयुद्धमा जाने चेतावनी दिनुभयो ।

Subscribe to comments feed Comments (3 posted):

vzyxjaga on 28/10/2011 20:33:29
avatar
vzyxjaga
Thumbs Up Thumbs Down
0
avatar
iijlpirh http://qtiyfh.com/ <a href="http://xokylv.com/ ">cxosvzle</a> [url=http://arzlla.com/]cxosvzle[/url]
Thumbs Up Thumbs Down
0
ofdfmo on 01/11/2011 18:52:19
avatar
ofdfmo
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0