हामीले भनेको विदेशी प्रभु भनेको भारत हो
एकीकृत नेकमा माओबादीका स्थायी समिति सदस्य एब पश्चिम ब्युरोर् इन्चार्ज लिलामणी पोख्रेलले भारत नेपालमा जारी शान्ति पकृया भाँड्ने षडयन्त्रमा लागेको आरोप लगाउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पोख्रेलले आफ्नो पार्टीले भन्ने गरेको बिदेशी प्रभु भारत भएको खुलासा गर्नु भयो ।
एकिकृत माओबादीले पार्टीका लिखित दस्तावेज मै भारतलाई बिदेशी प्रभुको रुपमा उल्लेख गरेको दाबी गर्नु भयो । नेपालमा सहमतिको राष्ट्रिय सरकारको हुनु पर्छ भन्ने संयुक्त राष्टसंघको पछिल्लो धारणा सकारात्मक भए पनि राष्ट्रसंघको धारणाको भारतकै दबाबमा परेर सत्तारुढ दलहरुले बिरोध गरेको बताउनु भयो । भारतले नेपालमा शुरु देखि संयुक्त राष्टसंघको उपस्थिति नचाहेको दाबी गर्दै राष्ट्रसंघको उपस्थितिका कारण नेपालमा भारतको भुमिका भारतले चाहे जस्तो हुन नसकेको उहाँको धारणा थियो ।
नेता पोख्रेलले नेपालमा जारी शान्ति प्रकृया, नयाँ संबिधान निर्माण र सेना समायोजनको कार्यलाई टुङ्गोमा पुरयाउन माओबादीको नेतृत्वमा राष्ट्रिय सरकार अनिबार्य रहेको बताउनुभयो । एकिकृत माओबादी राष्टपति नभई प्रधानमन्त्री हटाउन लागिपरेको स्पष्ट पार्नुभयो ।
बिगतमा एकजना मात्रै प्रतिपक्ष सांसद हुदा संसद चलेको बताउदै उहाँले माओबादी नेतृत्वको सरकारले संसद संचालन गर्नका लागि प्रमुख प्रतिपक्ष अनिबार्य चाहिने निर्ण्र्ाागरिएको र त्यहि निर्ण्र्ााा कारण अहिले कांग्रेस र एमाले गठबन्धनको सरकार अप्ठेरोमा परेको दाबी गर्नु भयो ।



del.icio.us
Digg



Post your comment