राजधानी काठमाडौंबाट अन्यत्रै सार्न आर्किटेक्ट कमरेडको प्रस्ताव
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एबं पर्ूव अर्थमन्त्री डाक्टर बाबुराम भट्टर्राईले नेपालको राजधानी काठमाडौंबाट अन्यत्रै सार्नु उपयुक्त हुने प्रस्ताव राख्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देशको समानुपातिक विकासका लागि राजधानी सार्नुपर्ने प्रस्ताव गर्नुभएको हो । आर्किटेक्ट इन्जिनियर समेत रहनुभएका माओवादी उपाध्यक्ष भट्टर्राईले काठमाडौंको साटो चितवन वा दाङलाई राजधानी बनाउन सकिने प्राबिधिक तर्क समेत अघि सार्नुभयो ।
माओवादी नेवा राज्य समितिको कार्यक्रममा सहभागी हुनुभएका भट्टर्राईले माओवादीको माओवादीले भनेको जातिय स्वायत्त राज्य जातिगत नभई राष्ट्रियतासँग जोडिएको दावी गर्नुभयो । उहाँले कुनै जातिको ऐतिहासिक बसोबासका आधारमा राखिने राज्यको नामले अरु जातिलाई अन्याय नगर्ने समेत उहाँले बताउनुभयो । तर माओवादीको धारणलाई अरुले विकृत बनाएको उहाँको दावी थियो । माओवादीद्धारा गठित राष्ट्रिय जनआन्दोलन नेपालका संयोजक समेत रहनुभएका भट्टर्राईले सहमतिका लागि लचिलो भएर हवाइ नाकाबन्दी, स्वायत्त गणराज्य घोषणा लगायतका कार्यक्रम फिर्ता लिएको भन्दै अरु कार्यक्रम यथावत रहेको बताउनुभयो ।



del.icio.us
Digg



Don't just talk, Do in practical, Empty vessle makes big noise, You know. All you parties and Ministers could not form a proper Government till now. But you are looking to climb at the SKY without ladder ?
In Kathmandu, you could not provide good roads and enough fresh water for the public till now, Do you ? Just do not dream yourself. OK take the capital whereever you like best. It needs money.
JUST DON'T TALK, BETTER WORK WITH REALITIES.
OK Mr&Doc Bhattari
FROM CHAURASE
Now I know it and will tell to my friends about this blog
Post your comment