Home | Programs | स्वायत्त गणराज्य घोषणा कार्यक्रम फिर्ता
Newsletter
Email:

स्वायत्त गणराज्य घोषणा कार्यक्रम फिर्ता

Font size: Decrease font Enlarge font
image स्वायत्त गणराज्य घोषणा कार्यक्रम फिर्ता लिनुअघि खोटाङमा माओवादी कार्यकर्ताले तयार पारेको साइनबोर्डः तस्वीर सुनिता र्राई

एकीकृत नेकपा माओवादीले स्वायत्त गणराज्य घोषणा गर्ने पूर्व निर्धारित आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । नागरिक सर्बोच्चताका लागि घोषित दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत एकीकृत नेकपा माओवादीले यहि कात्तिक २३ गते स्वायत्त गणराज्य घोषणा गर्दै साइनबोर्ड राख्ने कार्यक्रम तय गरेको थियो । क्रान्तिकारी पत्रकार सङ्घ ईलामले आज विहान ईलाम सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्वायत्त गणराज्य घोषणा गर्ने कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिनुभयो ।


एकीकृत माओवादीले समानान्तर सत्ता चलाउन थालेको हल्ला फैलाइएकोले स्वायत्त गणराज्य घोषणा गर्ने कार्यक्रम तत्कालका लागि फिर्ता लिइएको उहाँले बताउनुभयो । राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा गरेको छलफलका आधारमा गणराज्यलाई प्रचारात्मक मात्र बनाउन उपयुक्त नहुने निष्कर्ष निकालेर कार्यक्रम फिर्ता लिइएको प्रचण्डको भनाई थियो ।

यसअघि अन्तराष्ट्रिय दवावका कारण यही २४ गतेका लागि निर्धारित हवाई नाकाबन्दी गर्ने आन्दोलनको कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय उडान बन्द गर्ने कार्यक्रम पनि माओवादीले फिर्ता लिइसकेको छ ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0