Home | Programs | एमाले अध्यक्ष नयाँ दिल्लीमा व्यस्त
Newsletter
Email:

एमाले अध्यक्ष नयाँ दिल्लीमा व्यस्त

Font size: Decrease font Enlarge font
image एमालेका अध्यक्ष झलनाथ खनाल र भारतीय गृहमन्त्री पी चिदम्बरम

भारतले दलहरुबीच सहमति र एकतामा जोड दिएको छ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसंगको भेटमा भारतीय नेताहरुले सहमतिबाटै शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउन सुझाव दिएका हुन् ।भ्रमणको तेस्रो दिन खनालले भारतीय विदेशमन्त्री एस एम कृष्णा, गृहमन्त्री पी चिताम्बरम, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव प्रकाश करांत र भारतीय कम्युनिष्ट पाटीका महासचिव ए वर्द्धनेससंग महत्वपूर्ण भेटघाट गर्नभयो । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, दलहरुबीच बढेको असमझदारीको कारण, माओवादी आन्दोलनलगायतका विषयमा छलफल भएको थियो ।

भेटपछि कुरा गर्दै नेता खनालले द्विपक्षीय हितमा विशेष कुराकानी भएको बताउनुभयो ।  स्रोतका अनुसार दलहरुबीच एकतामा जोड दिदै संविधान बमोजिम बनेको लोकतान्त्रिक सरकारलाई निरन्तर सहयोग रहने भारतीय नेताहरुले स्पष्ट पारेका छन् । नेपाली जनताको निर्ण्र्ााो भारतले सधै सम्मान गर्दै आएको भन्दै आगामी दिनमा पनि लोकतान्त्रिक परिपाठीको निरन्तरतामा जोड दिएका छन् ।

भारतीय गृहमन्त्री पी चिताम्बरमले नेपालको शान्ति प्रक्रियामा आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् । स्रोतका अनुसार चिताम्बरमले राजनीतिक दलहरुबीचको एकतामा जोड दिएका छन् । उनले माओवादी आन्दोलनबारे विशेष चासो राखेका थिए । भारतीय माओवादीलाई नेपालका माओवादीको सहयोग रहेको चर्चा भारतमा भइरहदा भएको भेटलाई अर्थपर्ूण्ा मानिएको छ । सीमा सुरक्षा र नेपाली भूमी भएर हुनसक्ने अपराधिक गतिविधिबारे पनि चासो राखेका थिए । उनले सीमाबाट हुने अपराध नियन्त्रणका लागि सहयोगको आग्रह गरे । खनालले नेपाली भूमीबाट भारतविरोधी गतिविधि हुन नदिनेबारे प्रष्ट पारेका छन् ।

खनालले भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव प्रकाश करांतसंग पनि भेटवार्ता गर्नुभएको छ । भेटमा माओवादी आन्दोलनबारे गम्भीर समिक्षा भएको थियो । करांतले शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउन दलहरुबीच सहमतिको विकल्प नभएको बताए । उनले माओवादीलाई आन्दोलनबाट फिर्ता ल्याएर सहमतिको राजनीतिक विकास गर्न भूमिका निर्वाह गर्न खनाललाई आग्रह गरेको स्रोतले बतायो । भारतमा माओवादीले हिंसात्मक गतिविधि बढाएको र त्यसबारे विभिन्न टिकाटिप्पणी भइरहेबाट पनि गम्भीर हुनुपर्नेमा जोड दिए ।

यसअघि भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता वर्द्धनेसंगको भेटमा पनि माओवादी आन्दोलनबारे गम्भीर कुराकानी भएको थियो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0