Home | Programs | स्वायत्त राज्य र नाकाबन्दी अस्वीकार्य
Newsletter
Email:

स्वायत्त राज्य र नाकाबन्दी अस्वीकार्य

Font size: Decrease font Enlarge font
image सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल, पत्रकार सम्मेलनमा

सूचना तथा संचारमन्त्री शंकर पोखरेलले माओवादीले शान्ति सम्झौता भंग गर्ने उद्धेश्यले नाकाबन्दी र स्वायत्त राज्य घोषणा गर्न लागेको भन्दै सरकार कडाइका साथ प्रस्तुत हुन लागेको बताउनुभएको छ । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा सरकारका प्रवक्ता पोखरेलले कुनै हालतमा नाकाबन्दी र स्वायत्त राज्य घोषणा हुन नदिने प्रष्ट पार्नुभयो । सरकारले संविधानको रक्षाका लागि चाल्ने कदमबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी माओवादीले लिनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो ।

 माओवादीले नाकाबन्दी र स्वायत्त राज्य घोषणा गर्नुपर्ूव आन्दोलन फिर्ता लिइसक्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । एमाले केन्द्रीय कमिटीका सचिव समेत रहेका पोखरेलले माओवादी आन्दोलनलाई शिविरका अयोग्य लडाकु र वाइसिएल दस्ताको सडक सहभागिताको संज्ञा दिनुभयो । उहाँले प्रधानमन्त्री माधवकुमार नेपाल निर्वाचित प्रधानमन्त्री भएकाले डर धम्कीका भरमा राजीनामा नदिने स्पष्ट पार्दै सरकार परिवर्तनका लागि लोकतान्त्रिक बाटोबाट आउन चुनौति पनि दिनुभयो ।

Subscribe to comments feed Comments (1 posted):

curso de dj on 24/12/2011 10:02:14
avatar
It was really an interesting and informative article. Pretty cool post!Thanks for sharing this.
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0