Home | Programs | आतंकवादीको सूचीबाट माओवादी हट्ने
Newsletter
Email:

आतंकवादीको सूचीबाट माओवादी हट्ने

Font size: Decrease font Enlarge font
image अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्मा पत्रकार सम्मेलनमा

संयुक्त राज्य अमेरिकाका लागि नेपालका नवनियुक्त राजदूत डाक्टर शंकर शर्माले एकीकृत नेकपा माओवादीलाई अमेरिकी सरकारको आतंककारीको सूचीबाट हटाउन विशेष पहल गर्ने बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजदूत शर्माले आतंककारीको सूचीबाट हटाउनका लागि गर्नुपर्ने सबै पहलका लागि आफू तयार रहको बताउनुभयो । अमेरिकी सरकारले आतंककारी सूचीबाट हटाउनेबारे यसअघि पनि छलफल अगाडि बढाएकाले आफूले त्यसलाई गति दिने उहाँले बताउनुभयो ।

 उहाँले आफ्नो पहिलो प्राथमिकता भनें नेपालमा अमेरिकी लगानी भित्राउनुनै रहेकेा बताउनुभयो । अमेरिकामा रहेका नेपालीहरुसंग छलफल गरेर लगानी भित्राउन पहल गर्ने उहाँको भनाइ थियो । सन् २०११ मा नेपाल भ्रमण वर्षहुनलागेकाले उल्लेख्य संख्यामा अमेरिकी पर्यटकलाई नेपाल भित्राउन काम थाल्ने उहाँले बताउनुभयो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0