प्रधानमन्त्री नेपाल सैनिक मुख्यालयमा
प्रधानमन्त्री माधव कुमार नेपालले आइतबार प्रधानमन्त्री भएको पहिलो पटक सैनिक मुख्यालयको निरीक्षण गर्नु भएको छ । नेपाल सरकारका केही मन्त्रीहरु सहित प्रधानमन्त्री नेपालले सैनिक मुख्यालय भद्रकालीको निरीक्षणमा पुग्नु भएको हो । निरीक्षण्मा प्रधानमन्त्री नेपालले नेपाली सेनाको अवस्था ,संरचना तथा कार्य विवरण लगायतका विषयमा जानकारी लिनु भएको सैनिक जनसर्म्पर्क निर्देशनलयले जनाएको छ ।
त्यसै गरी आइतबार नै प्रधानमन्त्री नेपालले जन आन्दोलनमा घाइते भएका विभिन्न प्रहरी तथा सेनाका जवानहरुलाई उनीहरु राखेको अस्तपालमा गई उनीहरुको स्वास्थ्य स्थितीका बारेमा जानकारी लिनु भएको थियो । शान्ति सम्झौताका केही बुदाले नेपाली सेनाको हतियार ,गोली गठ्ठा,बन्दो बस्तीका समान खरिद ,सेना भर्ना र तालिम लगायतका विषयलाईृ प्रभावित पार्न सेनाको मनोवल गिरीरहेको भन्दै रक्षा मन्त्री विद्यादेवी भण्डारीले र्सार्वजनिक अभिव्यक्ति दिइरहेको समयमा प्रधानमन्त्री स्वयमले नेपाली सेनाको मुख्यालय निरीक्षण गर्नुलाई विशेष चासोका साथ हेरिएको छ । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री बिजयकुमार गच्छदार, रक्षामन्त्री भण्डारी, परराष्ट्रमन्त्री सुजाता कोइराला लगायतका मन्त्रीहरु पनि निरीक्षणमा सामेल हुनुहुन्थ्यो । प्रधानमन्त्रीलाई प्रधान सेनापति छत्रमान सिंह गुरुङ लगायतका बरिष्ठ सैनिक अधिकारीहरुले आ आफ्नो बिभागका गतिबिधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।



del.icio.us
Digg



Post your comment