Home | Programs | नेवार बिग्रे भोजले, देश बिग्रियो मोजले
Newsletter
Email:

नेवार बिग्रे भोजले, देश बिग्रियो मोजले

Font size: Decrease font Enlarge font
image नेवारी समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री नेपालः तस्वीर शुभम प्रधान

प्रधानमन्त्री माधवकुमार नेपालले अनावश्यक भोजभतेर र सरकारी विदाको संस्कृतिलाई बन्द नगरी नयाँ नेपाल बन्न नसक्ने बताउनुभएको छ । नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिन र नेपाल संवतको नयाँ वर्षा दिन र्सार्वजनिक विदा हुनुपर्ने माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेवारी समुदायका अगुवाहरुलाई उहाँले विदाको पछि नलाग्न आग्रह गर्नुभएको हो । उहाँले पूरानो उखानको प्रसंग निकाल्दै नेवार बिग्रियो भोजले, नेपाल बिग्रियो सरकारी विदाको मोजले भन्दा हाँसो गुन्जिएको थियो ।

 नेपालमा सरकारी विदा धेरै भएकाले अब कम्तिमा २० वर्षसरकारी विदानै कटौती गर्नुपर्ने अवस्था आएको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले पूरानो उखानको प्रसंग निकाल्दै नेवार बिग्रियो भोजले, नेपाल बिग्रियो सरकारी विदाको मोजले भन्दा हाँसो गुन्जिएको थियो ।

उहाँले भोज भतेर र विदाको संस्कृति त्यागेर काम धेरै गर्ने बानी बसाल्नुपर्ने अवस्था आएको बताउनुभयो । सो अवसरमा नेवारी समुदायका अगुवाहरुले शंखधर शाख्वाले शुरु गरेको नेपाल संवतनै नेपालको आफ्नो संवत भएकाले सरकारी क्यालेन्डर पनि सोही अनुसार बनाउन माग गरेका थिए । प्रधानमन्त्रीले यसबारेमा धेरै छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले शंखधरलाई राष्ट्रिय विभूती घोषणा गर्नेदेखि नेपाल संवतलाई मान्यता दिलाउने काम एमालेले गरेको दावी पनि गर्नुभयो । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन एमाले नेता कृष्णगोपाल श्रेष्ठ, कांग्रेस नेता तर्ीथराम डंगोल, संस्कृतिविद सत्यमोहन जोशी लगायत नेवारी समुदायका प्रतिष्ठित व्यक्तिहरु बालुवाटार जानुभएको थियो । तिहारको भाइटिकामा नेपाल संवतको नयाँ वर्षहुने गर्छ ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0