ट्रोइकासँग प्रचण्ड र झलनाथको वार्ता
नेपाल भ्रमणमा रहेको युरोपेली संघको ६ सदस्यीय प्रतिनिधि मण्डल ट्रोइकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाललाई अलग अलग भेट गरेको छ । होटल द्धारिकामा भएको भेटमा नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र नेपालको शान्ति प्रक्रियाका लागी युरोपियन युनियनले गर्ने सहयोगका विषयमा छलफल भएको भेटपछि माओवादी अध्यक्ष प्रचण्डले जानकारी दिनु भयो ।
उहाँले भेटमा युरोपेली प्रतिनिधीहरुले नेपालको पछिल्लो राजनितीक गतिरोधका विषयमा पनि चासो देखाएको र आफुले यस विषयमा राजनितीक सहमतिको प्रयास जारी रहेको जानकारी गराएको बताउनु भयो ।त्यसैगरी एमाले अध्यक्ष झलनाथ खनालले पनि युरोपियन युनियनका प्रतिनिधीहरुसँग नेपालको समसायिक विषयमा छलफल गर्नु भएको थियो । भेटमा नेपालको समसामहिक विषयमा र युरोपियन युनियनले नेपालको शान्ति प्रक्रियामा गदै आएको सहयोगको विषयमा छलफल भएको जानकारी दिनु भयो । उहाँले भेटमा युनियका प्रतिनिधीले नेपालको राजनितीक गतिरोध चाडो भन्दा चाडो अन्त्य गरी शान्तिप्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन आग्रह गरेको बताउनुभयो ।



del.icio.us
Digg



Post your comment