Home | Programs | सैनिक कु असफल भएपछि माओवादी ढुंगामुढामा उत्रिएको कांग्रेसको आरोप
Newsletter
Email:

सैनिक कु असफल भएपछि माओवादी ढुंगामुढामा उत्रिएको कांग्रेसको आरोप

Font size: Decrease font Enlarge font

नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानसेनापति प्रकरणमार्फ देशमा कु गर्ने षडयन्त्र असफल भएपछि माओवादी बिक्षिप्त भएको आरोप लगाउनुभएको छ । सेनापति हटाउने माओवादीको निर्ण्र्ााा राष्ट्रपतिले हस्तक्षेप गरेपछि देशमा कम्युनिस्ट कु असफल भएको तर्क उहाँको छ । नेपाली कांग्रेस संसदीय दलको सूचना केन्द्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले माओवादीले देशमा कु गर्न खोजेको थियो भन्नुभयो । कांग्रेस उपसभापति समेत रहनुभएका पौडेलले प्रचण्डले कु गर्न असफल भएपछि नागरिक सर्बोच्चताका नाममा ढुंगामुढा गर्दै देशमा अशान्ति फैलाउन थालेको आरोप समेत सो अवसरमा लगाउनुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस कार्यवाहक सभापति सुशिल कोइरालाले कांग्रेसले यो सरकारको विकल्प खोज्नु आत्महत्या सरह हुने बताउनुभयो । माधवकुमार नेपाल नेतृत्वको सरकारलाई पूरा अवधिसम्म चलाउनुपर्ने कोइरालाको भनाइ थियो । कांग्रेस संसदीय दलले शुरु गरेको सूचना केन्द्रबाट अनलाइन र पत्रिका प्रकाशन हुने र त्यसमा कांग्रेसका सबै गतिबिधि समेटिने भएका छन् ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0