Home | Programs | माधव नेपाललाई बाराक ओबामाको विशेष निम्तो
Newsletter
Email:

माधव नेपाललाई बाराक ओबामाको विशेष निम्तो

Font size: Decrease font Enlarge font
image

प्रधानमन्त्री माधवकुमार नेपाल संयुक्त राष्ट्रसंघको ६४ औं महासभामा भाग लिन जाने क्रममा सोमवार कतारको दोहाबाट न्यूयोर्कतर्फप्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री नेपाल आइतवार राती कतार एयरवेजको बिमानबाट दोहा प्रस्थान गर्नुभएको थियो ।

न्यूयोर्क प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले आफ्नो भ्रमण इतिहासकै सबैभन्दा महत्वपर्ूण्ा र फलदायी हुने विश्वास व्यक्त गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति बाराक ओबामाको निम्तो समेत पाएकाले आफूले नेपालको शान्ति प्रक्रिया, गरिवी र जलवायु परिवर्तनको असरका बारेमा छलफल गर्ने बताउनुभयो । प्ा्रधानन्त्री नेपालसँग अमेरिकी राष्ट्रपति बाराक ओबामाले शान्ति सेना पठाउने मुलुकको प्रमुखका रुपमा अलग्गै भेटवार्ता गर्नुहुने भएको छ । त्यस्तै प्रधानमन्त्री नेपालले कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने विश्वका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरु सम्मिलित विशेष कार्यक्रममा प्रवचन दिनुहुने भएको छ । यस्तो प्रवचनको अवसर एक वर्षा एउटा देशका सरकार प्रमुखलाई मात्र प्राप्त हुन्छ । गत वर्षइराका राष्ट्रपति महमुद अहमदिनेजादले पाएको यो अवसर यसपाली नेपालका प्रधानमन्त्री नेपालले पाउनुभएको हो । प्रधानमन्त्री नेपालसँगै जानुभएकी उहाँकी पत्नी गायत्री नेपालले बाराका ओबामाकी पत्नीले आयोजना गर्ने प्रथम महिला सम्मेलनमा भाग लिनुहुनेछ । नेपालले यस वर्षविश्वका अतिकम विकसित मुलुकहरुको नेतृत्व गर्ने अवसर समेत पाउने भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

Subscribe to comments feed Comments (2 posted):

Essie on 09/12/2011 02:51:16
avatar
THX that's a great awnser!
Thumbs Up Thumbs Down
0
lfnhdixyn on 10/12/2011 09:38:02
avatar
yxvb59 , [url=http://uhlpxygnmbux.com/]uhlpxygnmbux[/url], [link=http://gitpgufwexnc.com/]gitpgufwexnc[/link], http://xncoxjodictl.com/
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0