Home | Programs | राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री माधवकुमार नेपाल अमेरिका प्रस्थान,
Newsletter
Email:

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री माधवकुमार नेपाल अमेरिका प्रस्थान,

Font size: Decrease font Enlarge font
image प्रधानमन्त्री माधवकुमार नेपाल न्यूयोर्क प्रस्थान गर्ने क्रममा अभिवादन गर्दै

प्रधानमन्त्री माधवकुमार नेपाल संयुक्त राष्ट्रसंघको ६४ औं महासभालाई सम्बोधन गर्नका लागि आइतवार राती न्यूयोर्कतर्फप्रस्थान गर्नुभएको छ । २३ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री नेपाल त्यसतर्फ जानुभयो ।

 प्रधानमन्त्री नेपाललाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ , उपप्रधानमन्त्री बिजयकुमार गच्छदार मन्त्रीहरु, राजनीतिक दलका नेता, उच्च पदस्थ सरकारी कर्मचारी र नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुखहरुले बिदाइ गरेका थिए । उहँको साथमा धर्मपत्नी गायत्री नेपाल , स्वकीय सचिव यादव शर्मा, परराष्ट्र सल्लाहकार राजन भट्टर्राई लगायतका सहभागी रहेका छन । प्ा्रधानमन्त्रीले असोज ७ गते राष्ट्रसंघ महासभालाई सम्बोधन गर्नुहुनेछ । उहाँले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग अलग्गै भेटवार्ता ग्ार्नुहुने पनि प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रधानमन्त्री नेपालले महासभाकै क्रममा बिभिन्न देशका सरकार प्रमुख र राष्ट्रप्रमुखहरुसँग पनि द्धिपक्षिय भेटवार्ता गर्नुहुने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टर्राईले बताउनुभयो । प्रधानमन्त्री असोज १२ गते बिजयादशमीका दिन स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री नेपालको टोलीमा परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्री पनि सामेल छन् ।

Subscribe to comments feed Comments (1 posted):

curso de gerenciamento ti on 10/12/2011 05:43:59
avatar
awesome website for read, i like the concept taken in it.
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0