दशैंपछि निर्णायक जनव्रि्रोह हुने माओवादी उपाध्यक्ष बाबुराम भट्टराइको दावी, विद्रोहलाइ राष्ट्रसंघले पनि साथ दिने प्रचण्डको दावी
माओवादी उपाध्यक्ष तथा वरिष्ठ नेता डाक्टर बाबुराम भट्टर्राईले माओवादी अन्तिम निर्ण्ाायक व्रि्रोहको तयारीमा रहेकोले बलिदान दिनका निम्ती तयार हुन सबै पार्टर्ीीार्यकर्तालाई आग्रह गर्नु भएको छ । नयाँ गोरखा नामक पुस्तकको आज राजधानीमा विमोचन गर्ने नेता भट्टर्राईले माधव नेपालको नेतृत्वको सरकारको विकल्पको लागी पनि माओवादीले अन्तिम व्रि्रोहको तयारी गरिरहेको बताउनुभयो । उहाँले अबको व्रि्रोहमा सामेल हुन सबै पार्टर्ीींक्तिलाई आग्रह गर्नु भयो। उहाँले वर्तमान सरकारलाई विदेशी शक्तिको नियन्त्रणमा अडेको कठपुतलीको सरकारको संज्ञा दिदै वर्तमान सरकार हटेर अर्को सरकार नबनेसम्म नागरिक सर्वोच्चता कायम नहुने जिकिर गर्नु भयो । सोही कार्यक्रममा बोल्दै अर्का माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विस्तारवादी र साम्राज्यवादी तत्वहरुले संविधान निर्माण र शान्ति प्रक्रियालाई संविधानसभाबाटै तुहाउन खोजेको आरोप लगाउनुभयो । उहाँले यसबाट सचेत हुन र्सर्बैलाई आग्रह गर्नु भयो । उहाँले हालको प्राथमिकताको विषय भनेको नागरिक सर्वोच्वता भएको बताउदै संसदबादी दलहरुले सैनिक सर्वोच्वता स्थापित गर्न थालेको आरोप लागउनु भयो । चितवनमा शनिवार विहान आयोजित्र पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले कांग्रेस र एमाले सहमतिमा नआए विश्वनै चकित हुने गरि जनआन्दोलन हुने र त्यो जनआन्दोलन जनव्रि्रोहमा परिणत हुने दावी गर्नुभयो । उहाँले माओवादीले गर्ने जनव्रि्रोहलाई संयुक्त राष्ट्रसंघले समेत र्समर्थन जनाउने दावी गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको बडापत्रमै जनतालाई चित्त नबुझेमा जनव्रि्रोह गर्ने अधिकार छ भनिएकाले दशैंपछि हुने माओवादीको आन्दोलनलाई राष्ट्रसंघले र्समर्थन गर्ने बताउनुभयो । उहाँले सहमति भएमा आन्दोलन फिर्ता लिन तयार रहेको समेत स्पष्ट पार्नुभयो ।



del.icio.us
Digg



Post your comment