News
रामचन्द्र पौडेल वाधक वन्न नहुने प्रधानमन्त्रीको भनाइ
प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल वाधक वन्न नहुने वताउनुभएको छ । उहाले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएर पौडेलले राष्ट्रिय सहमतिका लागि भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । ललितपूरमा आज समावेशी मुद्दाहरु विषयको उद्घाटनपछि संचारकर्मीसंग कुरा गर्दै उहाले एमाले र माओवादीले सहमतिमा कांग्रेस पनि सहमत हुनुपर्ने वताउनुभयो ।
सन्त नेताको जेरी र डोसा खाने इच्छा
सन्त नेता मानिने कृष्णप्रसाद भट्टराइले राष्ट्रपति रामवरण यादव संगको भेटमा तात्तातो जेरी र डोसा खाने इच्छा व्यक्त गर्नुभएको छ । जीवनको यो खण्डमा पनि शारीरिक पीडालाइ पाखा लगाएर ख्याल ठट्टा गर्ने रसिक वानी उहाको अझै कायमै छ । पसकचाखानपानमा अरुची र पेट एवं छातीको संक्रमणले अस्पतालमा भर्ना हुनुभएका किसुनजीलाइ राष्ट्रपति यादवले तपाइका लागि के पठाउं भनेर प्रश्न गर्दा उहाले सो इच्छा जाहेर गर्नुभएको हो । ...माओवादीको अभियानलाइ सघाउन भट्टराइको आग्रह
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर वावुराम भट्टराइले राष्ट्रिय सहमतिमा प्रधानमन्त्री चयनका लागि माओवादीको अभियानलाइ सघाउन प्रमुख दलहरुलाइ आगैह गर्नुभएको छ । तेस्रो हायात रिजेन्सी रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिताको काठमाण्डौमा शनिवार उद्घाटन गर्दै उपाध्यक्ष भट्टराइले राष्ट्रिय सहमति नभए माओवादी पुन संघर्षमा उत्रने चेतावनी दिनुभयो । ...नेता केपी ओलीको आशंका
नेकपा एमालेका स्थायी समिति सदस्य केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आइतवारको संसद वैठकमा औपचारीक रुपमै प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिनेमा आशंका व्यक्त गर्नुभएको छ । माओवादी र एमालेवीच असोज १ गते भएको तीनवुदे सहमति अनुसार उम्मेदवारी फिर्ता लिनेमा अध्यक्ष प्रचण्डले शाव्दिक जालझेल मात्रै गरेर सभामुखलाइ पत्र दिएको नेता ओलीले आरोप लगाउनुभयो ।...अनुराधा कोइराला सीएनएन उत्कृष्ट दशमा
अमेरीकी टेलिभिजन च्यानल सीएनएनले प्रदान गर्ने सीएनएन हिरो पुरस्कार उत्कृष्ट दशमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला मनोनित हुनुभएको छ । उक्त टेलिभिजनले विहीवार राति र्सार्वजनिक गरेको नतिजामा उहाको नाम उत्कृष्ट दशमा पर्न सफल भएको हो । उत्कृष्ट दशपछि पनि सीएनएनले अनलाइन मतका आधारमा अन्त्यमा एक जनालाइ सीएनएन हिरोको रुपमा चयन गर्नेछ । ...मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्न निर्देशन
प्रधानमन्त्री माधवकुमार नेपालले यस वर्षो राष्ट्रिय पर्व दशैं र तिहारको पूर्व सन्ध्यामा हुनसक्ने अस्वभाविक मूल्यवृद्धि, कृतिम अभाव र गुणस्तरहीन उपभोग्य बस्तुहरुको बिक्री वितरण नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको पहलमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पन्न महंगी नियन्त्रण र आपर्ूर्ति व्यबस्था सम्बन्धि बैठकमा उहा“ले उक्त निर्देशन दिनुभएको हो ।...हिमालपारी मिस मुस्ताङ र महोत्सव
हिमालपारीको जिल्ला मुस्ताङमा सुरु भएको थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङको आयोजनामा थाक खेलकुद तथा साँस्कृतिक मेलामा बिभिन्न खेलकुदका कार्यक्रम सुरु भएको छ । जोमसोमको जनहित उच्च माविसमा सुरु भएको खेलकुदको संविधानसभाका सभाषद चन्द्रबहादुर गुरुङले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै गुरुङले मुस्ताङमा प्रत्येक बर्षआयोजना गरिने खेलकुदबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रसम्म पुग्ने खेलाडी उत्पादन गर्नुपने बताउनुभयो असोज दशगतेसम्म सञ्चालन हुने खेलकुद मेलामा मुस्ताङका थकालीहरूको पुख्र्यौली खेलका रुपमा लिइएको तारो हान्ने खेल प्रमुख आकर्ष रहेको आयोजकले बताएको छ । ...माओवादी नेतृत्व अहिले असम्भवः प्रम नेपाल
प्रधानमन्त्रि माधवकुमार नेपालले एकिकृत नेकपा माओबादीले हतियारमोह नछाडे सम्म उसको नेतृत्वमा सरकार नबन्ने स्पष्ट पार्नुभएको छ । नेकपा एमाले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्वर १ का प्रथम निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकिकृत नेकपा माओबादी नागरीक पार्टिमा रुपान्तरण भए सरकारको नेतृत्व गर्न सहयोग गर्ने बताउनु भयो । ...पवित्रस्थलमा लिम्बुवान सेना सार्जनिक
अरुण नदी पूर्वका जिल्लाहरुलाई लिम्बुवान राज्य घोषणाको माग गर्दै आएको संघीय लिम्बुवान राज्य परिषदले आफ्नो अलग्गै सेना र्सार्वजनिक गरेको छ । शुक्रवार ताप्लेजुङमा परिषदले सेना र्सार्वजनिक गरेको हो । परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराकले तीनसय वर्षघि सिरिजङ्गाले लिम्बुवानको मुन्धुम, भाषा र लिपिको रक्षाको लागि जीवन बलिदान गरेको चर्चा गर्दै उनै सिरिजङ्गाको सपना पूरा गर्न लिम्बुवान राज्य मागिएको बताए । ...कांग्रेसले सहमति गरे निकास निक्लने प्रचण्डको भनाई
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस जति चाँडो सहमति आयो, त्यतिनै चाँडो देशले निकास पाउने दावी गर्नुभएको छ । कांग्रेसका नवनिर्वाचित सभापति सुशील कोइरालालाई भेट्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएका अध्यक्ष प्रचण्डले चाँडै कोइरालासँग गम्भिर छलफल हुने जानकारी दिनुभयो । ...मोस्ट वान्टेड कालिवहादुर खामलाई पार्टीबाट निलम्बल
एकीकृत नेकपा माओवादीले रामहरी श्रेष्ठ हत्याकाण्ड र चिनीय व्यापार लुटपाट तथा यार्सर्ााम्बा तस्करीको अभियोग खेपिरहेका लडाकु कमाण्डर कालिवहादुर खामलाई पार्टीबाट निलम्बन गरेको छ । खामसँगै अर्का केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे पनि निलम्बनमा परेका छन् । माओवादी केन्द्रिय सचिवालयको स्थायी समिति वैठकले केन्द्रिय सदस्यद्धय कालीबहादुर खाम र रामप्रसाद बन्जाडेलाई निलम्बन गरेको माओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । ...प्रधानमन्त्री नेपालद्धारा पूर्व राजा ज्ञानेन्द शाहलाइ कुमारीघरमा जान रोक
पूर्व राजा ज्ञानेन्द्र शाहले सांस्कृतिक राजाको अभ्यास गर्न थालेपछि कुमारीघरमा जानबाट रोकिएको खुलासा भएको छ । प्रधानमन्त्री माधवकुमार नेपाललले त्यस कुराको खुलासा गर्दै अब पूर्व राजाका धार्मिक भ्रमणहरुमा अब यसैगरि रोक लगाइने स्पष्ट पार्नुभएको छ ।...एमाले माओवादीलाई गच्छदारको चुनौति
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एबं कामचलाउ सरकारका उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले एमाले र माओवादीलाई दुइ पार्टी मात्रै मिलेर देश चलाउन चुनौति दिनुभएको छ । कांग्रेस सभापति सुशील कोइरालाको स्वास्थ्यस्थिती बुझ्न शिक्षण अस्पताल पुग्नुभएका गच्छदारले पत्रकारहरुसँग कुरा गर्दै दुइ पार्टी मिल्दैमा राष्ट्रिय सहमति नहुने बताउनुभयो । ...महामन्त्रीमा प्रकाशमान, कोषाध्यक्ष चित्रलेखा
नेपाली कांग्रेसको महामन्त्रीमा सुशील कोइराला प्यानलका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित हुनुभएको छ । त्यस्तै कोषाध्यक्ष पदमा भनें शेरवहादुर देउवा प्यानलकी चित्रलेखा यादव निर्वाचित हुनुभएको छ । सभापतिमा यसअघिनै सुशील कोइराला निर्वाचित भइसक्नुभएको छ भनें सदस्यहरुको मतगणना जारी रहेको छ । महामन्त्रीमा निर्वाचित सिंहले एक हजार ६ सय छयालिस मत प्राप्त गर्नुभएको छ भनें उहाँका निकटम प्रतिद्धन्द्धी विमलेन्द्र निधीले एक हजार दर्ुइ सय १६ मत प्राप्त गर्नुभयो ।...सुशील भेट्न प्रचण्ड अस्पतालमा
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस जति चाँडो सहमति आयो, त्यतिनै चाँडो देशले निकास पाउने दावी गर्नुभएको छ । कांग्रेसका नवनिर्वाचित सभापति सुशील कोइरालालाई भेट्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएका अध्यक्ष प्रचण्डले चाँडै कोइरालासँग गम्भिर छलफल हुने जानकारी दिनुभयो । ...आज इन्द्रजात्रा,काठमाडौं उपत्यकामा र्सार्वजनिक विदा
बर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गरी बुधबार इन्द्रजात्रा पर्व मनाइँदैछ । भाद्र शुक्ल चतुर्दशीको दिन मनाइने इन्द्रजात्रा काठमाडौं उपत्यका लगायत काभ्रे र दोलखामा पनि मनाउने गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडी लिङ्गो गाडेपछि इन्द्रजात्रा सुरु हुन्छ । आठ दिनसम्म मनाइने इन्द्रजात्राभर भक्कु नाच, लाखेनाच, पुलकीसी नाच देखाउने गरिनछ ।...कांग्रेस कोइराला वंशकै कमाण्डमा
दक्षिण एशियामा बंश राजनीति कुनै नयाँ परम्परा होइन । भारतको नेहरु गान्धी परिवारबाट अहिलेसम्म पनि त्यहाँको सबै भन्दा ठूलो दल कांग्रेस आइ मुक्त हुन पाएको छैन । नेपालमा पनि नेपाली कांग्रेसको नेतृत्व कोइराला परिवारकै विरासत बनेको छ । गिरिजाप्रसाद कोइरालाको अवसानपछि कांग्रेस कोइराला परिवारको कमाण्डबाट बाहिर जाने अड्कलबाजी थियो । तर सबै अड्कलबाजीहरुलाई असत्य सावित गर्दै सुशील कोइराला आगामी ५ वर्षा लागि कांग्रेस सभापतिमा निर्वाचित भएका छन् । ...नेपाली काग्रेसको नवनिर्वाचित सभापति सुशिल कोइराला अस्वस्थ
आज विहानमात्रै सभापतिमा निर्वाचित भएका नेपाली काग्रेसको नवनिर्वाचित सभापति सुशिल कोइराला अस्वस्थ हनु भएको छ । । हिजो मतदान गरे लगत्तै अस्वस्थ्य महसुस गरेपछि आफ्नै महाराजगंज स्थित निवासमा आराम गर्न जानु भएका कोइराला आज विहान झनै अस्वस्थ हुनुभएको छ । उहाँको स्वास्थ्य थप खराव भएपछि उनलाई अहिले त्रिवि शिक्षण अस्पतालमा उपचारकोलागी लगिएको छ । ...सभापति पदमा सुशील कोइराला
नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा सभापति पदमा सुशील कोइराला १ हजार ६ सय ५२ मत प्राप्त गरी विजयी हुनुभएको छ । बुधबार बिहान साढे तीन बजे केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले कोइराला विजयी हुनुभएको घोषणा गर्नुभएको थियो । कार्यबाहक सभापति कोइरालाले पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता शेरबहादुर देउवालाई ३३५ मतले उछिन्दै विजयी हुनुभएको हो । देउवाले १ हजार ३ सय १७ मत पाउनुभएको छ भने अर्का प्रत्यासी भीम बहादुर तामाङले जम्मा ७८ मत पाउनुभएको छ । ...राष्ट्र वैङ्कले व्यवसायीलाइ झुक्यायो
नेपाल राष्ट्र वैङ्कले मंगलवार सुन चादीको थोक विक्रेतालाइ झक्याएको छ । राष्ट्र वैङ्कले सावैजनिक सूचना जारी गरी प्रत्येक मंगलवार दुइ वजे सुन चादी विक्री गर्ने वताएपनि जारी सूचना अनुसार मंगलवार विक्री नगरेर व्यवसायी झुक्किएका छन् । नेपाल राष्ट्र वैङ्क, मुदा व्यवस्थापन विभागले असोज तीन गते र्सार्वजनिक सूचना प्रकाशन गरी प्रत्येक हप्ताकेा मंगलवार सवा वाह्र वजेको अन्तर्राष्ट्रिय वजार दरमा सुन विक्री गर्ने जनाएको थियो । ...Log in
if one wants to become a professional essay writer, extensive reading and research is the fundamental step. And it is ofcourse a time taking process, ...
Вспомните компании, которые создали отделы стратегического планирования в 1960-е.
The first time I came here, less than 10 seconds the display is perfectly open, and the loading is completed less than 20 seconds and ...
Опыт компании Decision Research, которая находится в городе Юджин, Орегон, и изучает стратегии управления риском, свидетельствует, что люди больше склонны принимать рискованные решения, когда они ...
You produce a great point in your own final paragraph. We couldn’t agree more together with your points. In today’s modern world, your approach to ...
Featured author





