रेडियो संचालकको हत्या, तुलसीपुरमा मौन आतंक
सामुदायिक एफएम रेडियो तुलसीपुर संचालक समितिमा अध्यक्ष देवीप्रसाद धिताल हेमराज को गोली हानी हत्या भएको विरोधमा आज बिहानैदेखि तुलसीपुर बजार बन्द गरीएको थियो । यसैगरी रेडियो तुलसीपुरले आज विहानैदेखि दिनभर शोकधुन बजाएको थियो ।
हत्याको विभिन्न सञ्चार तथा व्यवसायीक संघसंस्थाहरुले भत्र्सना गरेका छन् । कामको सिलसिलामा उरहरी गएर र्फकने क्रममा उरहरी ४ हेमनगरमा उहालाई गएराति पौने आठ वजे गोली हानि हत्या गरीएको थियो । मोटरसाइकलमा रहेका धिताललाई चार पाच जनाको संख्यामा रहेको समूहले गोली हानेर भागेको जिल्ला प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद ज्ञवालीले वताउनुभएको छ । के कस्तो गोली प्रयोग भएको र कसले हत्या गरेको भन्ने वारेमा अहिलेसम्म थाहा हुन नसकेको प्रहरीले जनाएको छ । ४२ वर्षीय धितालका दुइ छोरी र एक श्रीमती छन् । सामाजिक सेवामा समेत आवद्ध रहनुभएका विगत ५ वर्षेखि रेडियो तुलसीपुरको अध्यक्ष पदमा कार्यरत हुनुहुन्थ्यो । तुलसीपुर क्षेत्रमा सात महिना यता व्यापक चन्दा आतंक र लुटपाटका घटना हुदै आएका छन् । विभिन्न भूमिगत समूहले व्यापारीसंग चन्दा असुल्ने र बम पड्काएर धम्की दिने कार्यले व्यापारीमा भय र्छाईरहेका बेला यो घटनाले तुलसीपुरमा मौन आतंक छाएको छ ।



del.icio.us
Digg



Post your comment