राजनीतिक संयन्त्रबाट मुलुकको संकट समाधान हुने प्रचण्डको विश्वास
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माणबाट मुलुकको संकट समाधान हुने बताउनु भएको छ ।
विराटनगरमा शुक्रबार पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले संयन्त्र निर्माणले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि सकारात्मक भुमिका निर्वाह गर्ने उल्लेख गर्दैे संयन्त्र मार्फ माओवादीले उठाउँदै आएका मागहरु पुरा गर्न संकेत देखिए आन्दोलनका सम्पर्ुण्ा कार्यक्रम स्थगित गर्ने बताउनुभयो । संयन्त्रले मुलकको राजनीतिक गतिरोध अन्त्य गरी शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याई संविधान निर्माणमा सहयोगीको भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । उहाँले केहि दिन भित्रै संयन्त्रको बैठक बसेर यसका काम, उद्देश्य र एजेर्ण्डा बारेमा टुंगो लगाउने बताउनुभयो । यसैगरी विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणले राजनीतिक दलहरुबीच सहमती र सहकार्यको ढोका खुलेको बताउनुभएको छ । अध्यक्ष खनालले संयन्त्र निर्माणवाट शान्ति प्रकृयालाई तार्किक निष्कर्षा पुर्याउन, निर्धारित समयमा संविधान निर्माण गर्न र दलहरुबीच देखिएका मतभेद हटाउन मद्दत पुग्ने बताउनुभयो ।



del.icio.us
Digg



Post your comment