फोरम पनि आन्दोलनमा, माघ ३ गते २० गतेसम्म आन्दोलन गर्ने
मधेस आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार उदासीन देखिएको भन्दै मधेसी जनअधिकार फोरमले आन्दोलन घोषणा गरेको छ ।
मधेस आन्दोलनका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएका सहमतिहरु कार्यान्ययन गर्ने विषयमा सरकारले बेवास्ता गरेको फोरमले ठहर गरेको छ । फोरमले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी माघ ३ गतेदेखि २० गतेसम्म आन्दोलनका कार्यक्रम र्सार्बजनिक गरेको छ । कार्यक्रम अनुसार विगतमा भएका सहमति कार्यान्वनयको माग गर्दै माघ ३ गते देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाइने छ । यसैगरी फोरमले ५ गते वलिदानी दिवस मनाउने कार्यक्रम तय गरेको छ । यस्तै, माघ ८ गते सबै जिल्ला सदरमुकाममा विरोध पर््रदर्शन, ९ गते रौतहटमा सभा, ११ गते सदरमुकामहरुमा मसाल जुलुस, माघ १४ गते जिल्ला प्रशासन कार्यालय अगाडि २ घण्टा धर्ना दिने कार्यक्रम र्सार्बनिक गरिएको छ । यसैगरी १५ गते र्सलाहीमा, १६ गते सप्तरीमा र १७ गते कैलालीमा विरोधसभा गरिनेछ । माघ २० गते जुलुस पर््रदर्शन लगायतका कार्यक्रम गरिने फोरमले जनाएको छ ।



del.icio.us
Digg



Post your comment