Home | News | प्रधानमन्त्रीको गाडिमाथि ढुंगा प्रहार श्रीलंकाका लिटे जस्तै माओवादीहरु समाप्त हुने प्रधानमन्त्रीको चेतावनी
Newsletter
Email:

प्रधानमन्त्रीको गाडिमाथि ढुंगा प्रहार श्रीलंकाका लिटे जस्तै माओवादीहरु समाप्त हुने प्रधानमन्त्रीको चेतावनी

Font size: Decrease font Enlarge font
image

एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले चितवनमा प्रधानमन्त्री माधवकुमार नेपाल माथि ढुंगामुढा गर्नुका साथै कालोझण्डा पर््रदशन गरेका छन् ।

चितवनको सौराहास्थित साप्ताहिक पाक्षिक पत्रिका संजालको केन्द्रीय भेलाको बिहीबार उदघाटन गर्न भरतपुर आउनु भएका प्रधानमन्त्री नेपालको गाडि माथि माओवादी कार्यकर्ताहरुले ढुंगामुढा प्रहार गरेका हुन् । ढुंगामुढाबाट प्रधानमन्त्रीको गाडिमा सामान्य क्षति पुगेकोछ । भरतपुरस्थित विमानस्थल बाहिर जम्मा भएका माओवादी कार्यकर्ताले सुरक्षा घेरामै प्रधानमन्त्रीमाथि  ढुंगामुढा गरेका थिए । सुरक्षाका लागि एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन भएपनि प्रधामन्त्री सवार गाडीमा ढुंगा लागेको थियो । प्रधामन्त्री सवार विमान अवतरण गर्नु अघि देखि नै माओवादी कार्यकर्ता हटाउन प्रहरीले गरेको प्रयास असफल भएको थियो । त्यसपछि भरतपुरमा एमाले कार्यकर्तालाई संबोधन गर्दै  प्रधानमन्त्री नेपालले जंगली व्यवहारमा सुधार नगरि पुनः ब्रि्रोहमा फर्किए माओबादी आफैं समाप्त भएर जाने चेतावनी दिनुभयो । उहाँले माओबादीको ब्रि्रोहले श्रीलंकाका टमिल र्टाईगर लिटे जस्तै स्वयं उनीहरु समाप्त हुने चेतावनी दिदै ब्रि्रोहको बाटोमा नलाग्न माओबादीलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीले माओवादीको ब्यबहार र नेताका बोलीले पतनको बाटो समाउने त होइन भन्ने आशंका जन्मिएको भन्नुभयो । माओबादीले पनि आफूलाई राजनीतिक चरित्र र बिधिको प्रक्रियामा समाहित गरेन भने  बिलाएर जाने उल्लेख गर्नुभयो । यसैगरी प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री नेपालले संक्रमणकालीन अवस्था लम्बिनु भन्दा माओवादीको व्यवहारका कारण मुलुक संकटमा परेको बताउनुभयो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0