पत्रकार टीका विष्टमाथि आफ्नो संलग्नता नरहेको माओवादीको दाबी
एकीकृत नेकपा माओवादीले रुकुमकी पत्रकार टिका बिष्टमाथि भएको आक्रमणमा आफ्नो पार्टर्ीीे संलग्न नभएको दाबी गरेको छ ।
पार्टर्ीीार्यालय पेरिसडाँडामा माओवादीले शुक्रबार पत्रकार सम्मेलन गरि पत्रकार बिष्टमाथि माओवादीले आक्रमण गरेको भन्ने हल्ला कपोकल्पित र माओवादीलाई बदनाम गराउन चलाइएको नियोजित षडयन्त्र भएको जनाएको छ । माओवादीले पत्रकार बिष्टमाथिको आक्रमणमा सत्तारुढ नेकपा एमालेका कार्यकर्ताहरुको संलग्नता रहेको आरोप समेत लगाएको छ । माओवादीलाई दोषी देखाएर एमाले पानी माथिको ओभानो बन्न खोजेको भन्दै माओवादीले विष्टमाथिको आक्रमणलाई एमालले राजनीतिक रंग दिन खोजेको दावी पनि गरेको छ ।
माओवादीले पत्रकार विष्टमाथि भएको आक्रमण र सल्यान घटनाबारे छानविन गर्न मगरात राज्य समितिका इन्चार्ज मेघबहादुर श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको थियो । टोलीले घटनास्थल पुगेर प्रतिवेदन तयार पारेको माओवादीले जनाएको छ । त्यस्तै सल्यान घटनामा पनि पहिला एमाले कार्यकर्ताहरुले माओवादी कार्यकर्ताहरुमाथि आक्रमण गरेपछि त्यसको प्रतिकारमा माओवादी जाईलागेको प्रतिवेदनमा उल्लेख छ ।



del.icio.us
Digg



Excellent read, I just passed this onto a colleague who was doing a little research on that. And he actually bought me lunch because I found it for him smile So let me rephrase that: Thanks for lunch
Post your comment