निजी क्षेत्र कै कारण ठूला आयोजनाहरुमा ढिलाइ भइरहेको अर्थमन्त्रीको आरोप
अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालका निजी क्षेत्र कै कारण कतिपय ठूला विकास आयोजनाहरुमा अनावश्यक ढिलाइ भइरहेको आरोप लगाउनसभएको छ ।
मन्त्री पाण्डेले नेपालको निजी क्षेत्र त्यति चुस्त र सक्रिय नभएको टिप्पणी गदै सरकार ठूला आयोजनामा खर्च गर्न मुठ्ठी खोलेर लागेको तर निजी क्षेत्रलाई अगाडि बढाउँदा खर्च हुने संभावना झनै नभएपछि कतिपय आयोजनाको काम सरकार आफैंले सुरु गरेको बताउनभयो ।शुक्रबारदेखि राजधानीमा सुरु भएको क्यापिटल एक्स्पोको उदघाटन गर्दै पाण्डेले काठमाडौँलाई तर्राईसँग जोड्ने फास्ट ट्रयाकको निर्माण गर्न निजी क्षेत्रलाई दिँदा झनै ढिलो हुने देखेर सेनालाई नै अघि बढाइएको उल्लेख गर्नुभयो । माथिल्लो तामाकोशी जलविद्युत आयोजना निजी क्षेत्रको जिम्मामा दिइएको काम अहिलेसम्म पूरा नभएको भन्दै मन्त्री पाण्डेले निजी क्षेत्र सक्षम नदेखिएको आरोप पनि लगाउनुभयो । घरजग्गा लगायतका सम्पत्ति बकसपत्र गरेर दिदा पनि अब किन्नेले जस्तै गरी कर लगाउने तयारी सरकारले गरिरहेको उहाँले बताउनुभयो



del.icio.us
Digg



Post your comment