नेपालमा पनि क्रिसमसको रमझम
प्रभु यशुको जन्मोत्सवको उपलक्ष्लयमा नेपाली इर्साईहरु शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस पर्व मनाएका छन् । जिसस क्राइस्टको जन्म भएको डिसेम्बर २५ तारिखका दिन प्रत्येक वर्षयो महोत्सव मनाइने गरिन्छ ।
र्सर्ूयका भक्त रहेका रोमका तत्कालीन बादशाह कन्स्टेन्टाइनले सन् ३५० देखि यो महोत्सव मनाउन सुरु गरेका हुन । बादशाह कन्स्टेन्टाइनले हरेक वर्षयस दिन र्सर्ूय देवताको जन्म दिवस मनाउने गर्दै आएकोमा उनले क्रिश्चियन धर्मअवलम्बन गरेपछि त्यस दिन र्सर्ूयदेवताको नभई जिसस क्राइस्टको जन्मदिनका रुपमा मनाउन उर्दी जारी गरेकाले त्यसैबेलादेखि यो महोत्सवको महत्व बढेको हो । वि.सं. २०६३ मा तत्कालीन व्यवस्थापिका-संसदको बैठकले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि यो महोत्सवलाई पनि राष्ट्रिय पर्वका रुपमा मान्यता दिएको हो । सरकारले क्रिसमस दिवसका अवसरमा शुक्रबार राष्ट्रिय बिदा पनि दिएको छ । राष्ट्रपति डा. रामवरण यादवले इर्साई धर्मावलम्बीहरुको महान पर्व क्रिसमसको उपलक्ष्यमा सम्पर्ूण्ा क्रिश्चियन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति यादवले यस पर्वले सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुबीच आपसी मेलमिलाप, सदभाव एवम भाइचाराको भावना जागृत गर्राई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन प्रेरणा प्राप्त हुने कामना गर्नुभएको छ ।



del.icio.us
Digg



Post your comment