Home | News | विमान खरिद प्रक्रिया अपारदर्शी
Newsletter
Email:

विमान खरिद प्रक्रिया अपारदर्शी

Font size: Decrease font Enlarge font
image

नेपाल वायुसेवा निगमले दर्ुइवटा विमान खरिदका लागि अघि बढाएको प्रक्रिया अपारदर्शी भएको अर्थ मन्त्रालयका सचिव रामेश्वर खनालले टिप्पणी गर्नुभएको छ ।

व्यवस्थापिका संसद अर्न्तर्गत र्सार्वजनिक लेखा समितिको बिहीबारको वैठकमा खनालले विमान खरिदको विषयमा निगमसंग राखिएको जिज्ञासा स्पष्ट नभएको बताउनुभयो । उहांले निगमलाई सोधिएका नौ प्रश्नमध्ये केहीको मात्र जवाफ आएको समितीमा जानकारी गराउनुभएको छ । निगमले अर्थ मन्त्रालयलाइ विमान खरिदका सम्वन्धमा हालसम्म भए गरेका प्रक्रियाका केही दस्तावेज वुझाएको छ । दस्तावेजको अध्ययन गर्न सचिव खनालले तीन साताको समय माग गरेपछि समितिको वैठकले आज कुनै निर्ण्र्ाानगरी पर्सर्ीीमका लागि स्थगित भएको समितिका सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । बैठकमा सचिव खनालले निगमले विमान खरिदका वारेमा पारदर्शी रुपमा मन्त्रालयलाई जानकारी नगराएमा ऋण लिने प्रकृयामा जमानी बस्न नसक्ने वताउनुभएको थियो । नेपाल वायु सेवा निगमले गरेको जहाज खरिद प्रकृयाका विषयमा भइरहेको छलफल नसकिएपछि वैठक पर्सिसम्मका लागि स्थगित भएको हो । समितिले नेपाल वायु सेवा निगम, अर्थमन्त्रालय, कर्मचारी संचय कोष, र्सार्वजनिक खरिदको कार्यालय लगायतका अधिकारीहरुलाइ बोलाएर छलफल गरेको हो । निगमले यूरोपियन कम्पनिका २ वटा एअर वस खरिद गर्ना लागि कम्पनिलाइ ५ करोड रुपियां रकम उपलब्ध गराइसकेको छ । विमान खरिद गर्न आबश्यक पर्ने दश अर्ब रुपियां निगमलाई कर्मचारी संचय कोषले ऋण दिने भएपछि खरिद प्रकृया अगाडि बढेको हो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
3.00