असहमतिका विषयमा मतदान हुने
संविधान सभा अर्न्तगतको सवंैधानिक समितिमा नयाँ संविधानको मस्यौदामा विद्यमान असहमतिका विषयमा शुक्रबार अपरान्ह मतदान हुने भएको छ ।
संसद सचिवालय सिहदरबारमा अपरान्ह चार बजेका लागि तय गरिएको मतदानमा दलहरुका फरक मत सहित मतदान हुने भएको हो । संविधानको प्रस्तावना, र्सार्वभौम सत्ता र राजकीय सत्ता, राष्ट्र र राज्यको परिभाषा, संविधानको नाम, संकटकालीन व्यवस्था , राजनीतिक दल, संकटकालीन व्यवस्था, संविधानको नाम लगायतका विभिन्न एघार वटा विषयमा मतदान हुने समितिका सभापति निलाम्बर आर्चायले जानकारी दिनु भयो ।
सभापति आर्चायले सबै दलहरु बाट प्राप्त सुझावहरुलाई मतदान प्रकृयामा समावेश गरिने बताउनु भयो । जस अनुसार झण्डै एक सय वटा बँुदाहरुमा मतदान हुने भएको छ । सचिवालयले संविधानसभाको नियमावली अनुसार हुने मतदानमा सभापतिको निर्ण्र्ााचित्त नबुझेमा दश प्रतिशत सभासद्ले मत विभाजनको माग गर्न सक्ने व्यवस्था रहेको छ । तर सभापतिलाई मत विभाजनको माग अनावश्यक लागेमा संख्या गणनाको आधारमा निर्ण्र्ाानिश्चित गर्न सकिने प्रावधान समेत रहेको छ । दलहरुले आआफ्ना फरक मतहरु सचिवालयलाई लिखित रुपमा जानकारी गर्राईसकेका छन्. । संविधानको प्रस्तावनामा जनुयुद्ध, मधेश आन्दोलनका अलावा थरुहट आन्दोलन, चुरेभावर आन्दोलन समेट्न सम्बन्धित सभासदहरुले माग गरका छन् । बैठकमा अधिकांश साना दलहरुले आआफ्ना सुझावहरु मतदान प्रकृयामा समेट्न समितिलाई दबाव दिएका थिए । बैठक पछि माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टर्राईले अन्य दलहरुसंग मतदान प्रकृयामा सहकार्य गर्ने बताउनु भयो । तर उहाँले मुख्य विषयमा भने सहमति जुट्ने सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । बैठक शुक्रबार साढे तीन बजे सम्मका लागी स्थगित भएको छ ।



del.icio.us
Digg



Post your comment