Home | News | दोषीमाथि कारबाही भएन
Newsletter
Email:

दोषीमाथि कारबाही भएन

Font size: Decrease font Enlarge font
image

रुकुमकी महिला पत्रकार टिका बिष्टलाई आक्रमण गरेको दुइहप्ता बितिसक्दा पनि दोषीलाई कारबाही गर्न नसकेकोमा सरकारले आफनो जिम्मेवारी पुरा नगरेको पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले बताउनुभएको छ ।

काठमाडौमा बुधबार पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभयो । कार्यक्रममा अध्यक्ष झाले पत्रकार बिष्टमाथि माओवादीले आक्रमण गरेको आशंका गरेपनि सही प्रमाण फेला पार्न नसकेको बताउनुभयो । उहाँले यहि मंसिर २७ गते रुकुममा गएर स्थलगत अध्यनबाट पत्रकार विष्टलाई आक्रमण गर्नुभन्दा अगाडि सञ्चारमन्त्री स्थानीय सिस्ने एफएमको उदघाटन गर्न आउँदा  वाइसीएलका कार्यकर्ताहरुले यस्तै आक्रमर्ण्र्ाारेको हुनाले माओवादी नै हुन भनेर छुटयाउन गाहो भएको बताउनुभयो । कार्यक्रममा अध्यक्ष झाले पत्रकार बिष्टका दोषीलाई कारबाही गर्ने सरकारलाई गम्भिर हुन अनुरोध गर्नुभयो । कायक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका संयोजक रमेश बिष्टले पत्रकार टिका बिष्टको अध्ययन अनुसन्धानमा रुकुममा गएर स्थानिय ६० व्यक्तिहरुसँग भेटघाट गरेको बताउनुभयो । कार्यक्रममा उहाँले अनुसन्धान छिटो छरितो हुन नसकेकोले सम्पर्ुण्ा पत्रकारहरुमाथि नै सरकारले खेलबाड गरेको बताउनुभयो । पत्रकार टिका बिष्टमाथी लेख लेखेकै आधारमा २ हप्ता अगाडि आक्रमण गरिएको थियो । उनीहाल काठमाडौको मोडल अस्पतालमा उपचार गराइ हाल आफन्तकोमा बस्दै आउनुभएको छ ।

Subscribe to comments feed Comments (1 posted):

listagem de emails on 18/11/2011 11:28:13
avatar
Thank you for the article. I just about passed your we site up in Bing but now I'm glad I clicked the link and got to go through it. I'm definitely a lot more informed now
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0