Home | News | राजनीतिक निकासका लागि छलफल
Newsletter
Email:

राजनीतिक निकासका लागि छलफल

Font size: Decrease font Enlarge font
image

राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढ प्रमुख दर्ुइ घटक नेपाली कांग्रेस र नेकपा एमालेका शिर्षनेताहरुबीच भेटवार्ता भएको छ ।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीच शनिबार कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा माओवादी आन्दोलनले अराजकता निम्त्याउने र दलहरुबीचको सम्बन्ध ब्रि्रदै जाने भएकाले माओवादी नेतृत्वसँग छलफल गरी समस्याको निकास खोज्ने सहमति भएको छ । भेटवार्तामा सभापति कोइरालाले राजनीतिक गतिरोधले कुनै दलको पनि हित नहुने भन्दै माओवादीसँग छलफल गरेर राजनीतिक निकास खोज्न एमाले अध्यक्ष खनाललाई आग्रह गर्नुभएको छ । भेटमा सभापति कोइरालाले शुक्रबार माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा भएका सहमतिका बारेमा जानकारी दिनुभएको एमाले अध्यक्ष खनालले बताउनुभयो । अध्यक्ष खनालले भेटबार्तामा माओवादीले घोषणा गरेको आन्दोलन फिर्ता गर्राई मुलुकलाई मुढभेडबाट जोगाउन माओवादीलाई आग्रह गर्ने सहमति समेत भएको जानकारी दिनुभयो । भेटमा सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले माओवादी आन्दोलनले अराजकता निम्त्याउने र दलहरुबीचको दुरी झन् बढ्दै जाने भएकाले माओवादी नेतृत्वसँग समस्याको निकास खोज्नुपर्ने सभापति कोइरालाको अडान रहेको जानकारी दिनुभएको छ । उहाँले कार्यदलमा भएका सहमतिका विषयलाई शीर्ष दलका नेतृत्व पंक्तिमाझ प्रतिवद्धताका लागी गृहकार्य अघि बढाउन अध्यक्ष खनाललाई जोड दिनुभएको सदस्य सिटौलाले बताउनुभयो । अध्यक्ष खनाल र सभापति कोईरालाबीच भेटबार्ता पछि शीर्ष नेतृत्वसँग सहमतिको प्रयास सुरु हुने संकेत देखिएको छ ।

Subscribe to comments feed Comments (2 posted):

português baratíssimo on 29/06/2011 22:15:56
avatar
Thanks for sharing this with all of us. Of course, what a great site and informative posts, I will bookmark this site. keep doing your great job and always gain my support. Thank you for sharing this beautiful articles.
Thumbs Up Thumbs Down
0
politics on 22/10/2011 03:22:07
avatar
the kind of topics you post here. Thanks for sharing information that is actually helpful.
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0