संविधान नबने मुलुक भयावह दुर्घटनामा फस्ने
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी ६ महिना भित्र संविधान नबने मुलुक भयावह दुर्घटनामा फस्ने बताउनुभएको छ ।
अध्यक्ष खनालले संविधान जारी गर्ने मिति नजिकीँदै गएकाले राष्ट्रिय सहमति जुटाएर संविधान र शान्ति प्रक्रियामा अग्रसर हुन दलहरुलाई आग्रह समेत गर्नुभयो । नेकपा एमाले गण्डकी अञ्चल सर्म्पर्क कमिटिको प्रथम अधिवेशनको शनिबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष खनालले राष्ट्रिय सहमतिबिना मुलक अगाडी बढ्न नसक्ने बताउदै माओवादीद्वारा घोषित आन्दोलनको कुनै अर्थ नरहेको दावी समेत गर्नुभयो । मुलुक संक्रमणकालिन अवस्थामा रहेकाले बन्द हड्ताल र गणराज्य घोषणा भन्दा संविधान निर्माण, शान्ति प्रकृया र राज्य पुनर्संरचना गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको म्यान्डेट अनुसार काम नगरेर मुलुक दुर्घटनामा फसे त्यसको भागिदार दलहरु नै हुनुपर्ने बताउनुभयो । अध्यक्ष खनालले निर्धारित समयमा संविधान नबने वर्तमान सरकारले निरन्तरता पाउने नसक्ने समेत बताउनुभयो । उहाँले पार्टीभित्र रहेको सामान्य विवादहरुलाई गलत ढंगले व्याख्या र प्रचार गरेको प्रति असन्तुष्टि प्रकट गदै राज्यको पुर्नसंरचनासँगै पार्टी पनि सुधार हुदै गएको दावी गर्नुभयो ।
यसैबीच भेरी अञ्चल सर्म्पर्क कमिटिको प्रथम अधिवेशन उद्घाटन गर्द उपाध्यक्ष वामदेव गौतमले तत्कालिन माहसचिव स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद हालपनि समय सापेक्ष भएको बताउनुभयो । उहाँले जनताको बहुदलिय जनवादलाई अंगाल्दै संविधान निर्माण र शान्ति प्रकृयामा कृयाशील रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।



del.icio.us
Digg



Post your comment