विज्ञापन क्षेत्रमा जनशक्ति खांचो
नेपालमा विज्ञापन निर्माणका लागि दक्ष जनशक्ति नरहेको विज्ञापन व्यबसायसँग सम्बद्ध व्यक्तिहरुले बताएका छन । नेपालको विज्ञापन बजार ३ अर्ब भन्दा बढीको रहे पनि यस क्षेत्रमा काम गर्ने जनशक्तिमा सीप र दक्षताको अभाव रहेको आवश्यकता औंल्याइएको छ ।
नेपाल विज्ञापन संघले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वक्ताहरुले विज्ञापन व्यबसायलाई व्यबस्थित पार्न नसकिएको जिकिर गरेका छन ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले नेपालमा विज्ञापन र्सजक र राम्रो विज्ञापनकर्मीको अभाव रहेको भन्नुभयो । उहांले नेपालमा यस्ता जनशक्तिको अभाव भएकाले भारत र बंगलादेशबाट विज्ञापनकर्मीलाई बोलाउनु परेको बताउनुभयो । पत्रकारिता क्षेत्रमा जनशक्ति उत्पादन गर्ने शेर्फड कलेजले नेपाल विज्ञापन संघसंग मिलेर विज्ञापन सम्बन्धि तालिम संचालन गर्ने जनाएको छ । त्यसका लागि कार्यक्रममा सेर्फड कलेज र नेपाल विज्ञापन संघबीच एक सम्झौता पत्रमा हस्ताक्षर समेत गरियो । नेपाल विज्ञापन संघका अध्यक्ष निर्मल राज पौडेललेले नेपालमै दक्ष जनशक्ति उत्पादन भए नेपालबाट विदेशमा विज्ञापन गराउने बाध्यता अन्त्य हुने बताउनुभयो ।



del.icio.us
Digg



Post your comment