राज्य गम्भीर नभएको आरोप
पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको विषयमा राज्य गम्भीर नभएको आरोप पेशाकर्मी तथा नागरिक समाजका सदस्यहरुले लगाएका छन ।
नेपाल पत्रकार महासंघले बिहीबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले मुलुकमा प्रेस स्वतन्त्रताको अवस्था जटिल रहेको भन्दै पत्रकारहरुलाई यो मुद्दालाई लिएर आफ्नो आन्दोलन जारी राख्न सुझाव दिएका छन् । उनीहरुले पत्रकारमाथिको आक्रमणको घटनामा राज्य गम्भीर नहुँदा र दोषीमाथि कारवाही नहुँदा पत्रकारमाथिको आक्रमणको घटना बारम्बार दोहोरिएको बताए ।
नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाले राज्यले संस्थागत रुपमा दण्डहीनतालाई प्रश्रय दिइरहेको आरोप लगाउनुभयो । प्रेस काउन्सिलका अध्यक्ष नारायण शर्माले पत्रकार असुरक्षित हुनु् भनेकै आम नागरिक असुरक्षित हुनु रहेको बताउनुभयो ।
रुकुमकी पत्रकार टिका विष्टमाथि आक्रमण भएपछि प्रेस स्वतन्त्रता र पत्रकार सुरुक्षाको माग गर्दै पत्रकार महासंघ विगत एक सातादेखि आन्दोलनरत छ ।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Dear reader, or Viewer,
It was not very clear that who were you addressing to? And what is your requirement? Any way, if you think we can be helpful for your studies please send us an e-mail to info@nepalitv.com. Thank you.
Nepali TV, London
Post your comment