गणराज्य घोषणा संघीयता विरुद्ध
सदभावना पार्टीका अध्यक्ष तथा आपुर्ती मन्त्री राजेन्द्र महतोले माओवादीले एकलौटी गणराज्य घोषणा गरेर मुलुकलाई संघीयता लागू नगराउने षडयन्त्र गरिरहेको बताउनुभएको छ ।
मन्त्री महतोले माओवादीले स्वायत्त गणराज्य फिर्ता नलिए मधेसवादी दलहरुले संयुक्त रुपमा प्रतिकार गर्न चेतावनी दिनुभयो । राजधानीमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले नयाँ संविधान नबनी संघीयता लागू हुन नसक्ने भन्दै गणराज्य घोषणाबाट संविधानसभाको औचित्य समाप्त हुने बताउनुभयो । माओवादी नसच्चिए सरकारले राजनीतिक र कानुनी दुवै उपचार गर्ने उल्लेख गर्दै उहाँले माओवादीले जथाभावी जग्गा कर्जा गरेर मुलुकमा राजा महेन्द्रको शैलीमा पञ्चायती भूत जगाएको आरोप समेत लगाउनुभयो । माओवादीकै कारण उपराष्ट्रपतिको पद धरापमा परेको भन्दै मन्त्री महतोले महिनौंदेखि संसद अवरोध गरेर माओवादीले संविधान संशोधन हुन नदिएकोले उपराष्ट्रपतिको पद धरापमा परेको बताउनुभयो ।



del.icio.us
Digg



Post your comment