घाइते पत्रकारको राजधानीमा उपचार
अज्ञात समूहद्वारा आत्रmमण गरिएकी रुकुमकी पत्रकार टीका विष्टलाई थप उपचारको लागि राजधानी ल्याइएको छ । समाचार लेखेकै कारण अज्ञात समूहले पत्रकार विष्टमाथि सांघातिक आत्रmमण गरेका थिए । नेपालगञ्जबाट नेपाल एयरलाइन्सको विमानबाट बुधबार राजधानी ल्याएकी पत्रकार विष्टको मोडेल अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई भीरबाट २० मिटर तल बेहोश अवस्थामा मंगलबार फेला पारिएको थियो । पत्रकार विष्टको होश खुलेपनि अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उहाँलाई माओवादी कार्यकर्ताहरुले आत्रmमण गरिएको आशंका गरिएको छ । माओवादी निकट वाइसीएलका कार्यकर्ताहरुले परिचय लुकाएर उहाँलाई बारम्बार धम्काउँदै आएका थिए ।राजधानी दैनिककी रुकुम सम्वाददाता, स्थानीय सिस्ने एफएमकी समाचार संयोजक तथा नेपाल पत्रकार महासंघकी केन्द्रिय सभासद पनि रहनुभएकी विष्टको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ । आत्रmमणकारीले विष्टको दाहिने हातका औला ब्लेडले चिरिदिएका छन् । घटनास्थलमा भाँचिएको कलम, च्यातिएको काजगपत्र, फुटाइएको ल्यापटप, रेडियो र मोबाइल भेटिएको छ । घटनाको नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ । यसैबीच पत्रकार विष्टको स्वास्थ्य अवस्था बुझन सञ्चारमन्त्री शंकर पोखरेल मोडेल अस्पताल पुग्नुभएको थियो ।



del.icio.us
Digg



Post your comment