Home | News | ऐतिहासिक बैठक सम्पन्न
Newsletter
Email:

ऐतिहासिक बैठक सम्पन्न

Font size: Decrease font Enlarge font
image

विश्वसमुदायलाई हिमालय बचाउको सन्देश हिमालय बचाउ भन्ने नारा सहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान आकृष्ट गर्न सगरमाथा आधार सिविरमा ऐतिहासिक मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ ।

५ हजार २ सय ४२ मिटरको उचाइमा सगरमाथा आधारसिबिर कालापत्थरमा भएको बैठकमा प्रधानमन्त्री सहित २३ जना मन्त्री बैठकमा सहभागी थिए । त्यसैगरी  विशेषज्ञ र पत्रकारसहित करिव १ सय जनाको टोली सोलुखुम्बुको स्याङबोचे, नाम्चे र लुक्लामा  पुगेका थिए ।
हिमालय बचाउ भन्ने नारा सहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान आकृष्ट गर्न नेपाल सरकारले यस्तो बैठक आयोजन गरेको हो । सगरमाथा आधारसिबिर कालापत्थरमा झण्डै आधा घण्टा मन्त्रिपरिषद बैठक बसेको हो ।  बैठकका एजेण्डा स्याङ्बोचेमा पत्रकार सम्मेलन मार्फ र्सार्वजनीक गरीएको छ । मन्त्रिपरिषद्को बैठकले कोपनहेगनमा हुने जलवायु परिवर्तनको अन्तरष्ट्रिय सम्मेलनका लागि एजेण्डा तय गरेको छ भने नेपालको स्थितिपत्र पनि तयार पारेको छ । त्यसैगरी बांके राष्ट्रिय निकुन्ज, गौरी शंकर संरक्षित क्षेत्र र आपिनापा संरक्षित क्षेत्र घोषणा गरेको छ । स्वास्थ्यका कारण रक्षामन्त्री विद्या भण्डारी र विज्ञान तथा प्रविधिमन्त्री गएनन् भने स्वास्थ्यमन्त्री उमाकान्त चौधरी र आपर्ूर्तिमन्त्री राजेन्द्र महतो विदेशमा रहेकाले बैठकमा सहभागी हुन पाएनन् । बिहीबार विशेषज्ञको टोली स्याङ्बाचेमा र पत्रकाहरुको टोली स्याङ्बाचेबाट झरेर बासोबास स्थानकालागी नाम्चे बजारमा झरेको थियो । आज प्रधानमन्त्रीसहितको मन्त्रीहरुको टोली लुक्लाबाट स्याङ्बोचे पुगेर स्वास्थ्य परीक्षण गराएपछि सगरमाथा आधारसिबिर कालापत्थरमा मन्त्रिपरिषद् बैठक बसेको हो ।  सहभागी सबैलाई नाक र मुख छोप्नेगरी अक्सिजन मास्क लगाएपछि हेलिकप्टरबाट कालापत्थर पुर्‍याइएको थियो ।

Subscribe to comments feed Comments (1 posted):

curso de churrasqueiro on 05/12/2011 19:47:29
avatar
I found your blog when I was looking for a different sort of information but I was very happy and glad to read through your blog. The information available here is great.
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0