फेरि कोही तस्करीको सिकार नबनोस्
मैले नोकर्नी हुनुको पीडा भोगेकी छु । तर, अरु बच्चा फेरि त्यही बाटो हिँडून् भन्ने म चाहन्नँ । नयाँदिल्ली/ बाल तस्करीको सिकार बनेकी रानी अब कुनै पनि बच्चाले यातना खप्नु र नोकर बन्नु नपरोस् भन्छिन् । रानीले गुजारेको भयावह बाल्यकाल अब फेरि फर्केर नआओस् भन्ने चाहन्छिन् उनी । यसैका लागि उनी संसारै घुमेर बाल तस्करीविरुद्ध आवाज उठाउँदै छिन् । तस्करको सिकार भएका बच्चाको ओठमा खुसी ल्याउने लक्ष्यका साथ रानीले आफ्ना पति ट्रांग हाङसँग मिलेर ट्रानी फाउन्डेसनको स्थापना पनि गरेकी छिन् । रानी अहिले अमेरिकी नागरिकको हैसियतबाट अमेरिकी विदेश मन्त्रालयको प्रतिनिधि भएर भारतमा बाल तस्करीविरुद्ध अभियानमा छिन् । बाल तस्करी फेरि नहोस् भनी उनी भारतमा आवाज उठाउनेछिन् । भारतमा बाल-तस्करीविरुद्ध कडा कानुनको आवश्यक भएको बताउँछिन् रानी । सबै देशमा बाल-तस्करीविरुद्ध कडा कानुन चाहिने रानीको धारणा छ । 'म दिल्लीमा मन्त्री र सांसदसँग कुराकानी गर्नेछु । यहाँ बालतस्करविरुद्ध कडा कानुनको आवश्यक छ ।' रानीले कोलकातामा पत्रकारसँग कुराकानीका क्रममा आफू सानो हुँदाका रुग्ण दिन सम्भिइन् । त्यसवेला रानीको आँखाबाट लगातार आँसु चुहिइरहेका थिए । 'मेरो जन्म केरलामा भएको थियो । जब म सात वर्षकी सानी नानी थिएँ, मेरा बाबा साह्रै बिरामी हुनुभयो । त्यसपछि म बाल-तस्करीको हातमा पुगेँ,' आफ्नो अतित सुनाइन् रानीले, 'त्यसैवेला मेरो गाउँका एक व्यक्तिले आफ्नो सहृदयता देखाए र मेरी आमासँग मलाई खान दिने र पढाइदिने प्रस्ताव गरे । तर, उनले मलाई बाल-तस्करीको हातमा बेचिदिए ।' बाल्यकालमा रानीले यति अत्याचार भोग्नुपर्यो कि उनको स्मरणशक्ति नै गुम्यो । एक वर्ष त्यस्तो जीवन बिताएपछि एक अमेरिकी दम्पतीले उनलाई आफ्ना छोरी बनाएको थियो । बाल्यकालको सम्झना अमेरिका पुगेपछि रानीले आफ्नो बाल्यकाल पूरै भुलेकी थिइन् । दस वर्षपहिले भारत घुम्न आउँदा उनलाई आफ्नो बाल्यकालको फेरि सम्झना भयो । त्यहीवेला रानीलाई तस्करको सिकार भएका बच्चाहरूको ओठमा खुसी ल्याउने विचार आयो । र, बालहितमा आफ्ना हात अघि बढाइन् । आफ्ना पति ट्राङ हाङसँग मिलेर रानीले एउटा बालसंगठन खोलिन् । मन दुख्ने कुरा के भने ट्राङ पनि बाल तस्करीका सिकार हुन् । 'देश/विदेशमा बच्चा स्विकार्ने कुरामा ध्यान दिन पनि एजेन्सी चाहिएको छ । तस्करीको सिकार भएका धेरै बच्चा र महिलालाई विदेशमा बेचिदिने चलन छ,' रानीले भनिन्, 'जहाँ नोकर बनाएर उसलाई सारा जीवन बिताउन बाध्य बनाइन्छ । महिलालाई त वेश्यावृत्तिमा पनि लगाइएको पाइन्छ ।' रानी भन्छिन्, 'मैले नोकर्नी हुनुको दुःख भोगेकी छु । तर, अरू बच्चा फेरि त्यही बाटो हिँडून् भन्ने म चाहन्नँ । कसैलाई पनि त्यो दुःख गुजार्नु नपरोस् भन्ने मेरो भित्री चाहना हो । यसैले हामीले संसारैभरि बाल-तस्करीविरुद्ध जागरुकता फैलाउने र सबै देशमा यसविरुद्ध कडा कानुन बनाउने अभियान सुरु गरेका हौँ ।' रानीकै संगठनको दबाबमा सन् २००२ मा अमेरिकामा बाल-तस्करीविरुद्ध कडा कानुन बनेको थियो । रानी आफ्नो बाल कहानी सुनेर कसैले पनि महिला र बच्चालाई जीवनभर नोकर नबनाओस् भन्ने चाहन्छिन् ।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Post your comment