Nepali TV: अमेरिकामा पनि कटवालको ललकार अमेरिकामा पनि कटवालको ललकार ================================================================================ Matrika Poudel on 09/06/2010 06:49:00 नेपाल अमेरिका पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उहाँले प्रजातन्त्रको दह्रो पहरेदार भन्दै सञ्चारकर्मीहरुको भूमिकालाई भने खुलेर प्रशंसा गर्नुभएको थियो । संघका अध्यक्ष नगेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कडा रुपमा प्रस्तुत हुनुभएका कटुवालले आफ्नो भनाईको आरम्भमै आफू स्पष्टीकरण दिन आएको होइन भन्नुभएको थियो । विभिन्न क्षेत्रका नेपालीहरुको बाक्लै सहभागिता रहेको कार्यक्रममा जनरल कटवालले आफ्नो कार्यकालमा भएका सबै विवादास्पद निर्ण्र्ाारुको बचाउ गर्नुभएको थियो । सेना मात्र मुलुकको एक मात्र संगठित संरचना भएको संस्था भएकोले यसलाई नियम कानुन मिचेर चलाउन मिल्दैन भनेर आफूले अडान लिएको भन्दै उहाँले भन्नुभयो 'सेना मात्र यस्तो शक्ति हो जसले सिंगो देश जोगाएको छ । '