Nepali TV: समायोजनबारे सेनाले मुख खोल्यो समायोजनबारे सेनाले मुख खोल्यो ================================================================================ Matrika Poudel on 12/03/2010 12:43:00 राष्ट्रसंघीय उपमहासचिव बी लिन पास्कोसँगको भेटमा सेनापति गुरुङले माओवादी लडाकुहरु राजनीतिक कार्यकर्ता भएकाले उनीहरुलाई सेनामा समायोजन गर्दा नेपाली सेनानै विभाजित हुने र त्यसले राष्ट्रलाईनै विखण्डन गर्नेतर्फसचेत हुनुपर्ने बताउनुभयो । सैनिक मुख्यालयमा भएको भेटमा पास्कोले कति हजार माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न सकिन्छ भनेर प्रश्न गर्नुभएको थियो । जवाफमा सेनापति गुरुङले माओवादीले ७ हजार लडाकुलाई शान्ति कालमा बढाएर १९ हजार पुर्‍याएको शक्तिखोर भिडियोबाटै स्पष्ट भइसकेको भन्दै उनीहरुलाई समूहगत रुपमा समायोजन गर्नै नहुने बताउनुभयो । माओवादी लडाकुहरुलाई डर त्रास र प्रलोभनबाट टाढा राखी व्यक्तिगत रुपमा उनीहरुको इच्छा के छ सोही अनुसारको काम दिएमा समायोजन गर्नुपर्ने सेनाको संख्या अत्यन्त कम हुने ठहर पनि सेनाले उपमहासचिवलाई सुनाएको छ । सेनाले समायोजनपर्ूव वृहत राजनीतिक सहमति हुनुपर्ने बताएको छ ।