Nepali TV: हतास गिरिजाबाबु आफन्तको पर्खाइमा हतास गिरिजाबाबु आफन्तको पर्खाइमा ================================================================================ Matrika Poudel on 11/03/2010 08:32:00 यद्यपी ८६ वषिर्य बयोवृद्ध नेता कोइराला अक्सिजनबिना सास फर्ेन सक्ने अवस्थामा भनें हुनुहुन्न । उहाँलाई नियमित रुपमा अक्सिजन दिइएको छ । निजी सहयोगी गोकर्ण पौडेल, शेखर थापा र निजी अंगरक्षक महेन्द्र मरासिनीले कोइरालाको नियमित रेखदेख गरिरहेका छन् । विहीवार छोरी सुजाता आए पनि उहाँ नियमित रुपमा बुबाको रेखदेखमा भनें बस्ने नगरेको कोइराला परिवारले जनाएको छ । पछिल्लो समयमा निकै हतास बन्न थाल्नुभएका कोइरालाले आफन्तहरुको खोजी गर्न थाल्नुभएको छ । उहाँकी छोरी सुजाता काठमाडौं आइपुग्नुभएको छ भनें नातिनी मेलिनी जेनेभामा हुनुहन्छ । भतिजा शशांक, प्रकाश र श्रीहर्षविराटनगर पुगेका छन् भनें शेखर कोइराला काठमाडौंमै हुनुहन्छ । अर्का भतिजा एमाले नेता कमल कोइराला भनें कोरियाको राजदूत हुनुहुन्छ । त्यस्तै नातिनी अभिनेत्री मनिषा कोइराला मुम्बइबाट फर्किनुभएको छ ।