Nepali TV: धेरै सोच्ने बानीले नेपाल बिग्रियो धेरै सोच्ने बानीले नेपाल बिग्रियो ================================================================================ Matrika Poudel on 11/03/2010 08:20:00 भारतमा पासपोर्ट छपाउन दिदा देशै बेच्न थाले जस्तो गरि आफ्नो विरोध भएकोमा आक्रोश व्यक्त गर्दै कोइरालाले यस्तै धेरै सोच्ने बुद्धिकै कारण जलस्रोतको विकास पनि हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले मेसिन रिडेबल पासपोर्ट भारतमै छपाउनुपर्ने आफनो अडान दोहोर्‍याउँदै यसबाट भारतसँग अरु विषयमा पनि फाइदा लिन सकिने बिचार व्यक्त गर्नुभयो । कोइरालाले भारत रिसायो भने नेपाललाई धेरै घाटा पर्ने चेतावनी समेत सो अवसरमा दिनुभयो । आफ्ना पिता गिरिजाप्रसाद कोइराला सिकिस्त विरामी भएको बेला बिदेश भ्रमणमा जानुभएकी परराष्ट्रमन्त्री कोइरालाले अहिले गिरिजाबाबुको स्वास्थ्य स्थिती सामान्य रहेको जानकारी दिनुभयो । उहाँले बुढो मान्छेको स्वास्थ्यमा उतार चढाव आइरहने बताउनुभयो ।