Nepali TV: संविधानसभा अगाडि नागरिक खबरदारी संविधानसभा अगाडि नागरिक खबरदारी ================================================================================ Matrika Poudel on 09/03/2010 13:13:00 धर्नाका सहभागीहरुले राजनीतिक दलहरुलाई शान्ति प्रकृया टुङ्गोमा पुर्‍याउन र तोकिएकै समयमा जनादेश अनुरुपको अग्रगामी तथा मानव अधिकार सम्मत संविधान जारी गर्न धर्नामा बसेको जानकारी दिएका थिए । धर्नामा तेस्रो लिंगीहरुको पनि सहभागिता थियो । धर्नामा नागरिक अगुवा देवेन्द्रराज पाण्डेलगायतले नेतृत्व गरेका थिए । धर्ना र खबरदारी सभालाई सम्बोधन गर्दै नागरिक समाजका अगुवा पाण्डेले माओवादीले सत्ता कव्जा गर्ने धम्की दिएर दक्षिणपन्थीहरुलाई गलत कदम चाल्न सहयोग पुर्‍याएको भन्दै आलोचना गर्नुभयो । उहाँले माओवादी लगायत अन्य राजनीतिक दल र मधेशवादी दलहरुले नागरिकलाई धोखा दिइरहेको आरोप समेत लगाउनुभयो । धर्नाकै क्रममा गायिका मधु गुरुङ र रमा ढकाल तथा नेकपा एमालेका सभासद गोपाल ठाकुरले गीतमार्फ खबरदारी गरेका थिए । सभामा तेस्रो लिगी भूमिका श्रेष्ठले तेस्रो लिंगीलाई नागरिकता नदिएर सरकारले सर्बोच्च अदालतको खिल्ली उडाएको बताए ।