Nepali TV: क्रिकेटका नायकहरु भैरहवामा सम्मानित क्रिकेटका नायकहरु भैरहवामा सम्मानित ================================================================================ Matrika Poudel on 09/03/2010 10:38:00 सिद्धार्थनगर नगरपालिकाको सभा हलमा आयोजित सम्मान समारोहमा सहभागी खेलाडी तथा सहायक प्रशिक्षकलाई प्रमुख अतिथी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा ,क्षेत्रिय अध्यक्ष तथा क्रिकेट संघका केन्द्रीय सदस्य प्रेम कुमार सेन्चुरी ,जिल्ला बिकाश समिती रुपन्देहीका स्थानिय बिकाश अधिकारी तारा बहादुर कार्कि ,शिद्धार्थनगर नगर पालिकाका निमित्त प्रमुख गणेश बहादुर क्षेत्री ,उद्योगपति ऋषिकेश अग्रवाल र सिमा सुरक्षाबल रुपन्देहीका प्रमुख तथा शशस्त्र प्रहरी उपरीक्षक दिपक थापा लगायतले जनही २० हजार नगद र सम्मानपत्र सहीत पुरस्कृत गरेका थिए । दुई हप्ता अघि काठमाण्डौमा सम्पन्न प्रतियोगितामा नेपाली टोलीमा भैरहवाका चार खेलाडीहरु रहेको र सबैले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही कार्यक्रममा आईसीसी वल्र्ड लिग डिभिजन ५ मा अम्पाएरको भुमिका निर्बाह गर्ने रुपन्देहीका सन्जय गुरुंगलाई पनि सम्मानित गरीएको थियो । क्षेत्रिय क्रिकेट बिकाश संघ क्षेत्र नम्बर ४ भैरहवाका अध्यक्ष प्रेम कुमार सेन्चुरीको सभापतित्व सचिब बसन्त शाहीको संचालनमा भएको कार्यक्रममा प्याब्सनका बरीष्ठ उपाध्यक्ष तथा मदन भण्डारी स्पोर्टस एकाडेमी रुपन्देहीका अध्यक्ष ज्ञानदेब हटुवाल,दिपक क्षेत्री न्यौपाने, ओमकार गौचन, शशस्त्र प्रहरी परीक्षक दिपक थापा,ऋषिकेश अग्रवाल,गणेश बहादुर क्षेत्री,जुम्मन मुसलमान,बसन्त रेग्मी,तारा बहादुर कार्कि,रमेश थापा लगायतले मन्तब्य राख्दै राष्ट्रको नाम राख्ने खेलाडीहरुलाई सम्मान गरेर मात्र नहुने र भबिश्यका लागी सुखद बाटाहरुको पहीचान गरी सरकारले उचित ब्यबस्था गर्नु पर्ने बताएका थिए । ।