Nepali TV: यो सरकार कुहिएको फर्सी जस्तै यो सरकार कुहिएको फर्सी जस्तै ================================================================================ Matrika Poudel on 09/03/2010 07:41:00 उहाँले प्रति क्रान्तिकारी शक्तिहरुले माओवादी विरुद्ध नेपाली सेनालाई भड्काउन खोजेको अरोप लगाउँदै माओवादीले सत्ता कव्जा गर्दैछ भन्ने हल्लाको पछि नलाग्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले आवश्यकता परेमा सडकबाटै नयाँ संविधान बनाउनका लागि तयार रहन आम जनतालाई आव्हान समेत गर्नुभयो । अध्यक्ष प्रचण्डले यदि जेठ १४ गते संविधान जारी भएन र शान्ति प्रक्रिया भाँडियो भनें माओवादीले जनविद्रोह गर्ने र त्यस विद्रोहलाई दुनियाँको कुनै पनि ताकतले रोक्न नसक्ने चेतावनी समेत दिनुभयो । उहाँले माओवादी शान्ति र संविधानकै पक्षमा रहेको दावी पनि गर्नुभयो । आमसभालाई सम्बोधन गर्दै माओवादी पोलिटव्युरो सदस्य हिसिला यमीले नेपाली महिलाले संसारका अरु महिलाभन्दा बढी संघर्ष गरेको बताउनुभयो । माओवादी सम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरको सो आमसभामा माओवादी जनयुद्धको बेला गोर्खा जेल ब्रेक गर्ने चार जना महिलाहरुलाई अभिनन्दन समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न जिल्लाबाट आएका महिला कार्यकर्ताहरुले आ आफ्नो समुदायको झाँकी प्रदर्शन गरेका थिए ।