Nepali TV: नेपाली पासपोर्टमा कतार पुगे बंगाली नेपाली पासपोर्टमा कतार पुगे बंगाली ================================================================================ Matrika Poudel on 07/03/2010 05:06:00 १८ फरवरीमा दोहा अन्तर्रर्ााट्रय विमानस्थलमा उत्रिएका नजरुल मण्डल कागजमा उल्लेख गरिएको कम्पनीको सम्बन्धित व्यक्ति कोहि पनि लिन नआएपछि ३ दिन सम्म भोकै अलपत्र परेका थिए । नेपाली पासपोर्टबाहक भएको खुल्न आएपछि दूतावासका कर्मचारीको सहयोगमा उनलाई नेपाली दूतावासको शरणमा ल्याइएको थियो । उनी नेपाली नागरिक नभई बंगलादेशी हो भन्ने खुल्न आएपछि नेपालबाट उनलाई पठाउने व्यक्तिसंग दुतावास अधिकारीले फोन सर्म्पर्क गरेका थिए । बंगाली बाहेक अन्य कुनै पनि भाषाको ज्ञान नभएका नजरुल मण्डलवारे छानविन गर्न दोभाषेकारुपमा सहकर्मी रवि भट्ट रोषीले सहयोग गरेपछि नेपाली दुतावासलाई उनीवारे थप जानकारीहरू प्राप्त भएको थियो ।बंगलादेशकै बावुल नाम गरेको एक टाढाको परिचित व्यक्तिको सर्म्पर्क मार्फ नेपालको कुनै दलालसंगको मिलीभगतमा धनुषा जिल्ला सिनुरजोडा गाविस-५ का संजीव कुमार मण्डलको २१६१३३५ को राहदानीमा फोटो परिवर्तन गरेर नजरुल मण्डल कतार पठाइएका हुन्